वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रर्दशन भएको छ । सचेत नागरिक समाज वीरगंजले आइतबार वीरगंजमा सिठी जुलुससहित प्रदर्शन गरेको हो । वीरगंजको घण्टाघरबाट निकालिएको र्याली माईस्थान, महावीरस्थान, अलखियामठ, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।
नागरिकता किर्ते गर्ने मेयरलाई कारबाही माग गर्न अपील गरिएका विभिन्न पर्चा पम्पलेट बोकेर सहभागीहरु प्रर्दशनमा उत्रिएका थिए । सिठी जुलुसमा ‘प्रहरी मेरो साथी, किर्ते गर्ने मेयर कानुन भन्दा किन माथी’ जस्ता प्रश्न सोधिएका ब्यानरहरु प्रयोग गरिएको थियो ।
कोणसभालाई वीरगंज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा जसपा नेता मनोज राउत कुर्मी, जनमत पार्टीका नेता मुकेश द्विवेदी, शशिकपुर मिया, पुर्व कृषिमन्त्री करिमा बेगम, एमालेका नेता अजय गुप्ता, लियाकत अलि, नेपाली कांग्रेसबाट अनिल सिंह, जमिला खातुन, मिन्टु सिंह, किरण सरकार, नेविसंघका सभापति रमेश यादव लगायतले सम्बोधन गरेका थिए ।
प्रदर्शन पछिको कोण सभामा बोल्दै नेताहरुले मेयर सिंह बाबु बनेर जारी गरिएको नागरिकता खारेजसँगै मेयर सिंहलाई कारबाही गर्नुपर्ने माग राखे ।
मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा छुट्टा–छुट्टै गरी १६ जनाले जाहेरी दिइसकेका छन् । मेयर सिंहलाई कार्वाहीको माग गर्दै वीरगंजमा नियमित प्रदर्शन भइरहेको छ ।
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन
वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी
वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता
जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु
नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी