नेभिगेशन
मुख्य कुरा

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

काठमाडौँ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर किर्ते नागरिकता दिएको विषयमा गृहमन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मेयर सिंहले आफै बाबु सनाखत बसेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाएको विषय सिधाकुराले प्रकाशन गरेपछि विस्तृत अनुसन्धानका लागि जिल्ला प्रशासनलाई निर्देशन दिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार नागरिकताका सबै विवरण जिल्ला प्रशासनमा हुने भएकाले प्रारम्भिकरुपमा प्रशासनले अध्ययन गरेर गृहलाई जानकारी गराउनेछ ।

भट्टराईले भने, ‘प्रारम्भिकरुपमा जिल्ला प्रशासनले अध्ययन गरेर गृहमन्त्रालयमा पठाउन भनिएको छ, प्रशासनको प्रतिवेदनपछि आवश्यक कदम चालिनेछ ।’

मेयर सिंहले नागरिकताका लागि २०७४ सालमा वडा न ३ बाट सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थिए । सोही सिफारिसलाई देखाएर जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता दिएका थिए ।

पहिलो पटक नागरिकता जारी भएको १९ महिनामै पुन प्रशासकीय अधिकृत विनय श्रीवास्तवले प्रतिलिपि जारी गरिदिएका थिए । त्यसको केही समयपछि पासपोर्ट समेत जारी भएको देखिन्छ ।

पर्सामा यस अघि प्रमुख जिल्ला अधिकारी ले मेयरको नागरिकताको विवाद आएपछि फाइल हेर्दा मेयर सिंहलेनै आफ्नी छोरी भन्दै लिएर आएकाले नागरिकता जारी भएको देखिएको बताएका थिए । 

तीनदिन देखि खोज्दा पनि अनुसूची भेटिएन: प्रजिअ भुषाल 

हाल पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले भने रुबिना श्रेष्ठका नाममा नागरिकता जारी हुँदाको अनुसूची नभेटिएको बताए ।

तीनदिन देखिनै अनुसूची खोज्न भनिएको छ तर भेटिएको छैन, 'भुषालले भने नागरिकता जारी भएको मितिको पोकोमा छैन, अन्यत्र कतै परे जस्तो छ । यस अघि पनि यो विषय सोधखोज भएको रहेछ, त्यहीबेला फाइल यताउता भएको हुनसक्छ ।'

यता, मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता किर्ते गरेको विषयमा छानबिन गर्न थप १५ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । 

मेयर सिंहले नागरिकता ऐन विरुद्धको कसुर गरेको भन्दै वीरगंजमा क्रियाशील विभिन्न राजनीतिक दल तथा नागरिक समाजका १५ जनाले बुधाबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

मंगलबार मेयर सिंहका छिमेकी महम्मद साबुदिनले पनि मेयर सिंह र नागरिकता लिने रुबिना श्रेष्ठ विरुद्ध उजुरी दिएका थिए ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
प्रतिशोधपूर्ण रविको अड्डासार

प्रतिशोधपूर्ण रविको अड्डासार

शुक्रबार कारागार व्यवस्थापन विभागले रविको अड्डासार गर्ने निर्णय गरेको थियो। जुन रविले माग गरेको निवेदन र अदालतले दिएको आदेशको २ महिना १६ दिन पछि हो। शुक्रबार हतार हतार...
भैरहवा कारागार रविका लागि सुरक्षाका दृष्टिले उपयुक्त छैन्ः राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

भैरहवा कारागार रविका लागि सुरक्षाका दृष्टिले उपयुक्त छैन्ः राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेट गरेका थिए । ‘सुविधा र सुरक्षा दुवै दृष्टिकोणले यो कारागार रविजीका लागि उपयुक्त छैन्,’...
तस्करले बेहोसिमै भारत पुर्याएर किड्नी चोरे !

तस्करले बेहोसिमै भारत पुर्याएर किड्नी चोरे !

भुजेल आइतबार साँझ मात्रै सिन्धुली पुगेका थिए । तर घर पुुगेको केही बेरमा उनको कोखा दुख्न थाल्यो । परिवारलाई दुखेको ठाउँ देखाए । त्यहाँ लामो ब्यान्डेज गरिएको थियो...
संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री ओली

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री ओली

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’  पुस्तकको आइतबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत...