
ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडीका संरचना भत्काएको छ ।
ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले लगनखेल स्थित ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका संरचना भत्काएको हो ।
सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचना समेत महानगरको डोजरले भत्काइएको थियो । न्हु पोखरी महानगरले संरक्षण गरिरहेको र सर्वसाधारणले सहज रुपमा ऐतिहासिक महत्वको न्हु पोखरीलाई देख्न सक्ने गरि पोखरी अगाडीको संरचना हटाइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनले ललितपुर महानगरका अन्य क्षेत्रमा रहेका ऐतिहासिक महत्वका स्थानलाई सहज रुपमा देखिने गरि काम हुने बताए ।
त्यस्तै ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले २०८२ असार ३१ सम्म न्हु पोखरी पुननिर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको जानकारी दिए । पहिलो चरणमा सो क्षेत्रमा रहेका १२ वटा टहरा भत्काइएको उनले बताए ।