नेभिगेशन
मुख्य कुरा

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

काठमाडाैँ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले समिति गठन गरेकाे छ। नागरिकता किर्ते प्रकरण छानबिन गर्न ३ सदस्यीय समिति बनाइएकाे पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।

Watch On

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा बनेको समितिलाई ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुषालले सिधाकुरालाइ जानकारी दिए । उनकाअनुसार समितिले काम सुरु गरिसकेको छ । 

CG

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागि बोलाएको छ । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रुपमा सनाखत राखी रुबिना श्रेष्ठलाई नागरिकता दिएका थिए । तर नागरिकता जारी भएको अनुसूची फारम भने अहिलेसम्म फेला नपरेको प्रजिअ भुषालले बताए ।

'आमा बाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्मदर्ता समेत रेकर्डबाट हटाइएको देखियो,' भुषालले भने,'यि विषयमा आन्तरिक अनुसन्धान सकिएपछि मेयर सिंहलाई बयानका लागि बोलाइने छ ।' 

मेयर सिंह बाबुका रुपमा सनाखत बसेर २०७४ सालमा वडा न ३ बाट सिफारिस बनाएर रुबिना श्रेष्ठका नाममा नागरिकता जारी भएको विवरण सिधाकुराले सार्वजनिक गरेको थियो । मेयर सिंहकी श्रीमती अन्नपुर्ण मानन्धरले राजेशमान र आफ्नो एउटा छोरा मात्रै भएको बताएकी थिइन् । तर, मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन आनाकानी गर्दै आएका छन् ।

पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डा अनुसार २०७५ साउन १३ गतेको क्रमसंख्या ३ मा नागरिकता नम्बर ३४–०१–७५–८..४७ राखिएको छ । जसमा नागरिकता लिने व्यक्ति २०५९ असार ३० गते जन्मिएकी रुबिना श्रेष्ठ हुन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८..१७ उल्लेख छ । नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि टाँसिएको छ । यो सँगै बाबुको नाममा राजेशमान सिंह राखेर रुबिना श्रेष्ठका नाममा तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले नागरिकता जारी गरिदिएका थिए । 

नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन । नागरिकता जारी भएको १० दिनपछि यही नागरिकताका आधारमा राहदानी विभागले ११०८..१७ नम्बरको राहदानी जारी गरिदिएको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिनापछि रुबिनाले प्रतिलिपि निकालेकी छिन् । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले प्रतिलिपि दिएका थिए । प्रशासकीय अधिकृत श्रीवास्तव अहिले पनि जिल्ला प्रशासन कार्यालयमै कार्यरत रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...