नेभिगेशन
मुख्य कुरा

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

काठमाडाैँ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले समिति गठन गरेकाे छ। नागरिकता किर्ते प्रकरण छानबिन गर्न ३ सदस्यीय समिति बनाइएकाे पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा बनेको समितिलाई ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुषालले सिधाकुरालाइ जानकारी दिए । उनकाअनुसार समितिले काम सुरु गरिसकेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागि बोलाएको छ । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रुपमा सनाखत राखी रुबिना श्रेष्ठलाई नागरिकता दिएका थिए । तर नागरिकता जारी भएको अनुसूची फारम भने अहिलेसम्म फेला नपरेको प्रजिअ भुषालले बताए ।

'आमा बाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्मदर्ता समेत रेकर्डबाट हटाइएको देखियो,' भुषालले भने,'यि विषयमा आन्तरिक अनुसन्धान सकिएपछि मेयर सिंहलाई बयानका लागि बोलाइने छ ।' 

मेयर सिंह बाबुका रुपमा सनाखत बसेर २०७४ सालमा वडा न ३ बाट सिफारिस बनाएर रुबिना श्रेष्ठका नाममा नागरिकता जारी भएको विवरण सिधाकुराले सार्वजनिक गरेको थियो । मेयर सिंहकी श्रीमती अन्नपुर्ण मानन्धरले राजेशमान र आफ्नो एउटा छोरा मात्रै भएको बताएकी थिइन् । तर, मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन आनाकानी गर्दै आएका छन् ।

पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डा अनुसार २०७५ साउन १३ गतेको क्रमसंख्या ३ मा नागरिकता नम्बर ३४–०१–७५–८..४७ राखिएको छ । जसमा नागरिकता लिने व्यक्ति २०५९ असार ३० गते जन्मिएकी रुबिना श्रेष्ठ हुन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८..१७ उल्लेख छ । नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि टाँसिएको छ । यो सँगै बाबुको नाममा राजेशमान सिंह राखेर रुबिना श्रेष्ठका नाममा तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले नागरिकता जारी गरिदिएका थिए । 

नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन । नागरिकता जारी भएको १० दिनपछि यही नागरिकताका आधारमा राहदानी विभागले ११०८..१७ नम्बरको राहदानी जारी गरिदिएको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिनापछि रुबिनाले प्रतिलिपि निकालेकी छिन् । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले प्रतिलिपि दिएका थिए । प्रशासकीय अधिकृत श्रीवास्तव अहिले पनि जिल्ला प्रशासन कार्यालयमै कार्यरत रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती...
चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन...