काठमाडाैँ । नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयर राजेशमान सिंह र किर्ते नागरिकताको अभिलेख लुकाउन संलग्न कर्मचारी विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
नागरिकता किर्तेमा संलग्न वीरगंजका मेयर राजेशमान सिंह र उनले नागरिकता दिलाएको अभिलेख गायब बनाउन संलग्न रहेको आरोप लागेका पर्साका पूर्व प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध आयोगमा २ उजुरी दर्ता भएका हुन्।
मेयरविरुद्ध पर्सा जिल्ला विरगंज महानगरपालिका–३ बस्ने महम्मद सहाबुदिन र स्थायी ठेगाना ललितपुर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने राज कुमार तिमल्सिनाले छुट्टा–छुट्टै उजुरी दर्ता गरेका हुन् ।
सहाबुदिनले मेयर समेत रहेका राजेशमान सिंह र उनले नक्कली छोरी बनाएका सोही ठेगानाकी रुबीना श्रेष्ठलाई विपक्षी बनाएर नागरिकता दिलाएको भन्दै कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । उनले पुष २९ गते आयोगको केन्द्रिय कार्यालय टंगाल पुगेर उजुरी दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा झुठो विवरण पेश गरी लिएको नागरिकता बदर गरी थप कारबाही गर्न माग गरिएका छन् ।
सादुदिनले दर्ता गराएकाे उजुरी
त्यस्तै बाराका राज कुमार तिमल्सिनाले शुक्रबार मेयर सिंहसहित नागरिकता किर्तेमा संलग्नहरुललाई काबाही माग गर्दै उजुरी दर्ता गरेका छन् । उनले राजेशमान सिंहले नागरिकता दिलाइदिएका रविना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन प्रमुख हाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव उमेश कुमार ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृुत षड्कुमार पोखरेल र जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवलाई विपक्षी बनाएर आयोगमा उजुरी दर्ता गराएका छन् ।
राज कुमारले दर्ता गराएकाे उजुरी
‘उल्लिखित जनप्रतिनिधि एवमं राष्ट्रसेवक कर्मचारीले किर्ते नागरिकता जारी गरेर भ्रष्टाचारजन्य कार्य गरेकोले निजहरु उपर आवश्यक कारबाही गरिपाउँ,’ तिमल्सिनाको उजुरीमा भनिएको छ । नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको थियो ।
मेयरको किर्ते लुकाउन जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकताको अनुसूची र यससँग सम्बन्धित सम्पूर्ण कागजपत्र गायब छन् । मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको तथ्य सिधाकुराले खुलासा गरेको थियो ।
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन