नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरी

वीरगंज । नागरिकता किर्ते गरेको आरोप लागेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई फैजदारी अभियोगमा मुद्दा चलाइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मेयरसिंहलाई फाैजदारी अभियाेगमा मुद्दा चलाउने तयारी भएकाे हाे । प्रहरीले जिल्ला सरकारी वकिलकाे कार्यालयसँग राय मागेकाे बताउँदै पर्साका प्रहरी उपरिक्षक कोमल शाहले सिधाकुरासँग भने, ‘हुँदै नभएको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता दिलाउनु भनेको फौजदारी अभियोगअन्तर्गतको मुद्दा हो । यसै अन्तर्गत मेयरलाई कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौँ ।’ 

त्यस्तै प्रशासनलाई समेत सरकारी वकिलकाे कार्यालयले मेयरविरद्ध फाैजदारी कसुर आर्कषित हुने राय दिएकाे छ ।  प्रशासन स्रोतकाअनुसार जिल्ला सरकारी वकिल कार्यालय पर्साले मेयरको किर्ते कार्यका लागि फौजदारी कसुर आर्कषित हुने भन्दै सोहीअनुसार मुद्धा चल्ने राय प्रशासनलाई दिएको छ ।

‘मेयरविरुद्ध कस्तो मुद्धा चल्ने भन्दै प्रशासनले कानुनी राय मागेको छ,’ जिल्ला प्रशासन स्रोतले सिधाकुरासँग भन्यो, ‘फौजदारी कसुरमा मुद्धा चल्ने राय सरकारी वकिलबाट आएको छ ।’ 

नागरिकता प्रकरण बाहिरिएपछि जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदन, सञ्चार माध्यमबाट बाहिरिएको प्रमाण लगायतका विषयहरुसहित अन्य प्रमाण संकलनको काम भइरहेको स्रोतले बतायो । जिल्ला प्रशासन स्रोतले भन्यो ‘छिट्टै हामी निश्कर्षमा पुग्छौं ।’  

प्रशासनकाअनुसार मेयरको नागरिकता किर्ते लुकाउन भूमीका खेलेका सरकारी कर्मचारीमाथि पनि मुद्धा चलाउने तयारी छ ।  रुबिना श्रेष्ठ नाम गरेकी किशोरीलाई नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको खुलासा सिधाकुराले पुस २४ गते गरेको थियो ।

नागरिकता किर्ते गरेको सार्वजनिक भएपछि मेयरविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ वटा जाहेरी परेको थियो । यस्तै मेयरलाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पनि उजुरी दर्ता भएको थियो । 


मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो...
आँगनमा गफ गरेर बसेका यादवको अज्ञात व्यक्तिद्वारा नाम सोधेर गोली हानी हत्या

आँगनमा गफ गरेर बसेका यादवको अज्ञात व्यक्तिद्वारा नाम सोधेर गोली हानी हत्या

यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए । मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा...
चर्को आलोचना भएपछि कांग्रेसले खारेज गर्यो असई विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवको सदस्यता

चर्को आलोचना भएपछि कांग्रेसले खारेज गर्यो असई विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादवको सदस्यता

विक हत्याका आरोपित यादव फरार भएपछि महोत्तरी जिल्ला अदालतले उनको मुद्दा मुलतवीमा राखेको छ । उनै यादवलाई देउवा सहित  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४...
नेपालगञ्जमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली

नेपालगञ्जमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली

नेपागञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरिएको...