नेभिगेशन
सबै कुरा

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको नागरिकता किर्तेको विषयमा गृह मन्त्रालयमा पनि उजुरी परेको छ । वीरगंजका अनिल सिंह, अजयकुमार गुप्ता, बिजय महतो, मुकेश द्धिवेदी, पुरुषोत्तम झा, दिलिप कुमार कुर्मी, जलेश्वर सर्राफ र मनोज राउत कुर्मीले मन्त्रालयमा उजुरी दिएका हुन् । उनीहरुले बुधबार गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई भेटेर उजुरी गरेका हुन् ।

उजुरीमा बाबु बनेर नागरिकता दिने वीरगंज महानगरपालिका–३ स्थायी ठेगाना भएका ५३ वर्षीय मेयर राजेशमान सिंह र नागरिकता लिने २१ वर्षीय रुबिना श्रेष्ठलाई विपक्षी बनाइएको छ । उजुरीमा झुठो विवरण पेश गरी लिइएको नागरिकता बदर गरी थप कारवाही गर्न माग गरिएको छ । 

साथै मेयर सिंहले पदको दुरुपयोग गर्दै अनुसन्धान प्रक्रियालाई दवाउन खोजेको भन्दै कारवाही प्रक्रिया अविलम्ब सुरु गर्न माग गरिएको छ । उजुरी बुझ्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गरी कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको गृहमन्त्रीलाई उधृत गर्दै उजुरीकर्ता मुकेश द्धिवेदीले जानकारी दिए । 

केही दिनअघि सिधाकुराले मेयर सिंहले आफैँ बाबु बनेर एक युवतीलाई नागरिकता दिएको विषयको सप्रमाण खुलासा गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी परेको थियो । उक्त विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति नै गठन गरेर छानबिन गरिरहेको छ । 


मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट ! 

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती...
चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन...