नेभिगेशन
सबै कुरा

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले जाहेरी दिएका छन् । नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरुद्ध वीरगंजका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । 

मंगलबार सिधाकुरा डट कमले नक्कली बाबु बनेर मेयर राजेशमान सिंहले नागरिकता जारी गरेको खुलासा गरेको थियो । समाचार प्रकाशित भएपछि हिजो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मोहम्मद साबुद्दिनले मेयर विरुद्ध जाहेरी दर्ता गराएका थिए । बुधबार वीरगंजका सचेत नागरिक अगुवाहरुको समुहले मेयरविरुद्ध वीरगंज महानगरका विभिन्न स्थानहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । 

जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महागरपालिकाका वडा नम्बर ३ का ५३ वर्षिय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई  बिपक्षी बनाइएको छ । 

बुधबार जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेश प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती...
चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन...