
काठमाडौं । पोखरास्थित लामापाटन ब्यारेकमै मृत भेटिएकी भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले अर्का इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको छ ।
कास्की प्रहरीका अनुसार मृतक सन्तोषीका प्रेमी भनिएका अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दर्ता प्रक्रियामा रहेको र त्यसपछि पक्राउ पुर्जी मागिने तयारी गरिएको छ ।
मृतक सन्तोषीका परिवारले प्रेमीकै कारण उनले आत्महत्या गरेको दाबी जोहरीमा गरेका छन् । यता घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
सिन्धुपाल्चोक घर भएकी महत २०८१ मा १७ बेसिकमा इन्स्पेक्टरमा नाम निकालेकी थिइन् । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकको महिला शौचालयमा झुण्डीएको अवस्थाम भेटिएकी थिइन् ।
२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।