
वीरगंज । वीरगंज महानगरका विवादित मेयर राजेशमान सिंहको धार्मिक कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागिएको छ । अर्थ मन्त्रालयले रोक लगाएको चिनी कारखानाको जग्गामा मेयर सिंहले माघ २८ गते महायज्ञ लगाउन तयारी सुरु गरेका छन् ।
नक्कली बाबु बनेर नागरिकता दिएको आरोपमा प्रशासनले छानबिन गरिरहेको विवादित मेयर नेतृत्वकाे महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि हुने भन्दै वीरगंजमा प्रचार गरिएको छ । जानकारहरुका अनुसार आफ्नो विवाद ढाकछोप गर्न मेयरले धार्मिक कार्यक्रमको आयोजना गरेका हुन र त्यसमा राष्ट्रपतिलाई अतिथि बनाउने भनिएको छ । सरकार विभिन्न निकायले भोग चलन नगर्न भनेको सरकारी स्वमित्वको चिनी कारखानाको जग्गामा महायज्ञको तयारी गरिएको छ ।
अर्थ मन्त्रालयले २०८० मंसिर २२ गते पत्र लेख्दै चिनी कारखानाको जग्गामा भइरहेको अतिक्रमण रोक्न वीरगंज महानगरपालिकालाई निर्देशन दिएको थियो । तर, मेयर राजेशमान सिंहले माघ २८ गतेका लागि सीताराम संगकिर्तन १०८ कुण्डीय बिष्णु महायज्ञ सोही स्थानमा गराउन लागेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय वीरगंजबाट संरक्षण तथा रेखदेख हुँदै आएको महानगरको माताहतमा नरहेको चिनी कारखानाको क्षेत्रभित्र महानगरपालिकाले शिवको मूर्ति स्थापना, मन्दिर सौन्दर्यीकरण, विभिन्न मण्डप, कुण्ड निर्माणको काम गरिरहेको छ । अर्थ मन्त्रालय,समान्य प्रशासन मन्त्रालय र उद्योग मन्त्रालयले सो स्थनमा स्थायी निर्माण कार्य नरोकिए स्थानीय प्रशासन ऐन बमोजिम कारबाहीको चेतावनी दिदैँ कारखानाको जग्गामा भइरहेको निर्माण रोक्न, अतिक्रमण हुन नदिन पत्राचार गरेको थियो ।
अर्थ मन्त्रालयले पत्रमा भनेको थियो,‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ५(५) मा जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने काम, कर्तव्य अधिकार प्रमुख जिल्ला अधिकारीको भएको र सार्वजनिक जग्गा नेपाल सरकारको पूर्व स्वीकृति नलिई कसैले भोग चलन गर्ने अनुमति दिनु हुँदैन ।’
वीरगंजमा राष्ट्रिपति सहभागी हुने भन्दै धार्मिक कार्यक्रमको तयारी तिब्र पारिएपछि यसबारे राष्ट्रपति कार्यालयले पनि चासो देखाएको छ । राष्ट्रपति कार्यालयले वीरगंजमा हुने कार्याक्रमबारे जानकारी नभएको र कार्यक्रममा सहभागिताबारे कुनै निर्णय नै नभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । ‘वीरगंजको कार्यक्रमबारे हामीलाई जानकारी छैन्,’ राष्ट्रिपतिका प्रेस संयोजक पोखरेलले भने ,‘’अहिलेसम्म त्यहाँ जानेबारे कुनै कार्यक्रम र निर्णय भएको छैन। वीरगंजका मेयरले किन फोसबुकमा यो विषय कसरी सार्वजनिक गरे थाहा छैन ।’
सरकारी निकायले छानबिन गरिरहेको र सार्वजनिक रुपमा विवादित व्यक्तिले आयोजनमा गर्ने कार्यक्रममा सकेसम्म सहभागी नहुने नीति राष्ट्रपति कार्यालयको रहेको पनि पोखरेलले बताए ।
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन
वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी
वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता
जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु