
काठमाडौँ । महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएका छन् । उनीहरु अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका छन् ।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरु आउने गर्छन् ।
अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यावस्थापनलाई तिव्रता दिएको छ ।







