वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर

जियालाल साह

वीरगंज । वीरगंज महानगरका मेयरले आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपबाट बच्न प्रमाण मेटाउने प्रयास गरेका छन् ।  

आफूमाथि लागेको सरकारी कागजात किर्ते आरोपको प्रमाण बदल्न मेयरले नजिकका मानिसहरु परिचालित गरेर तत्कालिन पञ्जिकरण अधिकारीलाई ५० लाख रुपैयाँ घुस प्रस्ताव गरेको सिधाकुराले फेला पारेको छ । 


सिधाकुरालाई उपलब्ध प्रमाणअनुसार मेयरका नजिकका मानिसहरुले तत्कालिन समयमा बनेको जन्मदर्ता लगायतका सरकारी कागजातमा हस्ताक्षर बदल्न सघाए पञ्जिकरण अधिकारी भिखारी यादवलाई २५ देखि ५० लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताएका छन् ।  

अर्काकी छोरीलाई आफ्नै छोरी भनी नागरिकता दिलाउन मेयर सिंहले तत्कालिन वीरगंज उपमहानगरका वडा नम्बर ३ बाट किर्ते गरी जन्मदर्ताको कागजात तयार गरेका थिए । तत्कालिन सो वडाका पञ्जिकरण अधिकृत भिखारी यादव कार्यालयमै नभएको बेला उनको नक्कली हस्ताक्षर प्रयोग गरेर जन्मदर्ता जारी भएको सिधाकुराले खुलासा गरेको थियो । स्वयम् रायले भिडियो संवाद गर्दै सिधाकुरालाई जन्मदर्तामा उल्लेख भएको हस्ताक्षर किर्ते रहेको बताएका थिए ।  

भिखारी राय, तत्कालिन पञ्रजिकरण अधिकारी

सोही जन्मदर्ताको आधारमा मयेर सिंहले रुबिना श्रेष्ठको नाममा नागरिकता र पासपोर्ट लगायतको कागजातसमेत जारी गराएका थिए । यही आरोपमा मेयर सिंह बिरुद्ध नागरिकता किर्तेसहितका सरकारी कागजात किर्ते गरेको आरोपमा फरक फरक ४ वटा जाहेरी दर्ता भइसकेका छन् । आफूमाथि लागेको आरोपबाट उम्किन मेयर सिंहले प्रमाण मेटाउन आफ्ना साथीहरुमार्फत रायलाई घुस रकम अफर गरेको देखिन्छ । 

मेयरको प्रस्ताव लिएर जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, जसपाको नगर अध्यक्ष ईश्वर यादव र मेयरका विश्वास पात्र वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार तत्कालिन पञ्जिकरण अधिकारी भिखारी राय यादवको घरमै पुगेका थिए । उनीहरुले पुरानै मितिमा नयाँ कागजातमा सही छाप गर्न वा यसअघि जारी भइसकेको जन्मदर्ताको हस्ताक्षर आफ्नै हो भनी स्वीकार गर्न दबाब दिएका थिए । 

भिखारी रयकहाँ रकमको प्रस्ताव लिएर पुगेका व्यक्तिहरु 

‘यसअघि जारी भएको कागजातमा गरिएको हस्ताक्षर आफ्नै हो भन्नुहोस् वा हामी पुरानो मिति राखेर नयाँ कागजात ल्याउँछौं । यसलाई पुरानै मितिमा हस्ताक्षर गर्नुहोस्,’ मेयरका मानिसहरुको भनाई उधृत गर्दै राय भन्छन्, ‘यसो गरे २५ देखि ५० लाख रुपैयाँसम्म दिने प्रस्ताव गर्नु भएको थियो तर मैले स्वीकार गरिन ।’   पञ्किरण अधिकारी भिखारी राय यादवकाअनुसार मेयरलाई जोगाउनुपर्छ भन्दै उनका मान्छेहरु ४ पटकसम्म घरमै आएका थिए । 

‘अबेर राति वीरगंज महानगरपालिका भेडियारीस्थित मेरो घरमा पुगेर किर्ते कागजात आफँैले गरेको अदालत र अनुसन्धानको टोली समक्ष स्वीकार्न दवाव दिए,’ सिधाकुरासँग रायले । उनकाअनुसार वडा अध्यक्ष बैजुलाल स्वर्णकारले झोलामा बोकेर ल्याएको एक कागज देखाउँदै हस्ताक्षर गरिदिन भनेका थिए । ‘मैले बैजुलाललाई भोली आउनुस् भनेर टार्न खोजेँ । भोलि बिहानै जसपाका जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फलाई लिएर आए । मैले उसको अगाडि मैले यसअघि नै बोलेको कुरा हो मेरो त्यो हस्ताक्षर हुन्न भने,’ उनी थप्छन्, ‘ त्यसपछि तिनीहरुले चिनजानको मान्छेहरुको सम्पर्क जोड्न थाले । त्यो गर्दाखेरी मैले केही हुन्न कानुनले जे भन्छ त्यो हुन्छ तपाईँहरु वकिलकहाँ जानुस् भनेँ । त्यसपछि मेरै अगाडि आएर मलाई भन्न थाल्यो सारा मिलान भईसकेको छ ।  केही राखेर विषय बन्द गरौँ ।’ 

सिधाकुरासँग कुरा गर्दै पञ्जिकरण अधिकारी भिखारी रायले आफु कसैको प्रलोभनमा नपर्ने बताए । मेयरले खटाएका मान्छेले आफ्नो छोरीकै अगाडी हठ गर्न थालेपछि उनले समेत बुवालाई दबाब नदिनुस् प्रहरी बोलाउँछु भनेपछि उनीहरु भागेको रायको दावी छ । 

वीरगंज महानगरका मेयर राजेशमान सिंहले नागरिकता दिलाइदिएका युवती रुबिना श्रेष्ठको जन्म दर्तामा नै किर्ते रहेको माघ २८ गते तत्कालिन पञ्जिकरण अधिकारी भिखारी रायले सिधाकुरासँग बताएका थिए । किर्ते जोगाउन मेयर सिंहले रिता भट्टराई भन्ने महिलालाई दोस्रो श्रीमती बनाएर जिल्ला अदालत पर्सामा ‘पति’ नाता कायम भएको दाबी गर्दै माघ २८ गते विहान अंश र डिभोर्स मुद्दा दर्ता गराएकी थिईन् । दर्ता गराएको मुद्दामा पेश गरेको जन्मदर्ता प्रमाण पत्र स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको देखिन्छ ।

तर, उक्त जन्मदर्ता प्रमाण पत्रमा राखिएको नाम तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको भएको थाहा पाएपछि उनले जन्मदर्तामा प्रयोग भएको हस्ताक्षर र नाम किर्ते गरिएको भिडियो बयान नै दिएका थिए । 

मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि माघ २५ गते वीरगंज पुगेको गृह मन्त्रालयको टोलीलाई मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए । तर, उनले छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै फर्जी र नक्कली भएको सो प्रमाण पत्र जारी गर्ने तत्कालिन पञ्जीकरण अधिकारीले नै बताएका छन् । सिंहले नक्कली कागजातमार्फत २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए ।

किर्ते जन्म दर्ताको आधारमा मेयर सिंहले विद्यालयका कागजात, नागरिकता, पासपोर्ट लगायतका कागजात बनाएका छन् । किर्ते छानबिन गर्न वीरगंज पुगेको टोली उतिबेला किर्ते जन्मदर्ता बनाएको विषयमा अनुसन्धान नै नगरी फर्किएका थिए । 

सरकारी कागजात किर्तेको प्रमाण नष्ट गर्न प्रलोभन देखाइएकोबारे सिधाकुराले वीरगंजका मेयर राजेशमान सिंहसँग कुराकानी गरेको थियो । सिधाकुरासँगको कुराकानीमा उनले उक्त आरोपको खण्डन गरे । आफूले त्यस्तो नगरेको भन्दै मेयर सिंहले जो मान्छेको नाम लिइएको छ, उसैसँग यसबारे बुझ्न आग्रह गरे । 

‘यो सबै गलत कुरा हो । तपाइँंलाई जसले यो कुरा गर्यो उसैसँग सोध्नुस्,’ मेयर सिंहले भने,‘म यस्तो विषय फोनमा कुरा गर्दिन भेटेरै कुरा गरौंँ ।’

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान ! 

मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग

वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज किर्तेमा जाहेरी दर्ता

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....