चन्द्रागिरि दुर्घटना : घुम्तीको एउटा ढुङ्गोले खोसेको डा.सृष्टिको सर्वश्व

विष्णु ढुंगाना

काठमाडाैँ । डा. सृष्टि तिवारी नेपाल क्यान्सर अस्पताल हरिसिद्धीकाे विशेषज्ञ चिकित्सक हुन् । उनका श्रीमान डा.महेश कुमार गौतम बच्चाको आस्थमा र एलर्जीका विशेषज्ञ डाक्टर । महेश विभिन्न अस्पतालका अलवा लाजिम्पाटमा आफ्नै क्लिनिक पनि चलाउँथे । निकै व्यस्त डा.दम्पतीलाई आफ्ना ६ वर्षकी छोरी र ४ वर्षका छोराका लागि पनि खटाएरै समय निकाल्नुपर्थ्याे ।

जाडोका कारण बच्चाको स्कुल बिदा भए पनि उनीहरुलाई घुमाउन डा. दम्पतीलाई केही सातादेखि समय मिलिरहेको थिएन । तर, शुक्रबार साँझ उनीहरुले चित्लाङ जाने निधो गरे । शनिबारको छुट्टीमा छोरी र छोरा घुमाउन डा. दम्पतीले बनाएको योजनामा डा. सृष्टिका बाबु ओमकार तिवारी र आमा कल्पना तिवारी पनि थपिइन् । 

दुर्घटनामा मृत्यु भएका सृष्टिका बाबु आमा, तस्विर : फेसबुक

डा.महेशले सासु, ससुरा, श्रीमती र दुई छोराछोरी भएको फोर्डको इको स्पोर्ट गाडी हाँकेर शनिबार बिहान साढे ११ बजे मैतिदेवीबाट निस्किए । थानकोटबाट चन्द्रागिरि पहाड चढेर चित्लाङ ओर्लने र केहीबेर घुमफिर गरेर साँझ घर फर्किने उनीहरुको योजना थियो । तर, दिउँसो साढे एक बजे उनीहरु सवार कारलाई चन्द्रागिरिको सेतो भिरले निल्यो । 

शनिबार दिउँसो काठमाडौँबाट चित्लाङतर्फ गइरहेको प्रदेश–३–०१–०२३ च ६९८५ नम्बरको कार सडकबाट ६ सय मिटर तल खस्दा  ५ जनाको ज्यान गयो । दुर्घटनामा डा. सृष्टिका बाबु  ओमकार तिवारी, आमा कल्पना गौतम र श्रीमान् महेश कुमार गौतम, ६ वर्षीय छोरी स्मारिका गौतम र ४ वर्षिय छोरा श्रीयन्स गौतमको मृत्यु भयो । 

दुर्घटनास्थल

चित्लाङ पुगेर छोरी–छोरा, बाबु र आमालाई घुमाएर बेलुका घर फिर्ने योजना बनाएकी सृष्टि यतिबेला मैतिदेविको घरमा अचेत र अर्धमुर्छित अवस्थामा छिन् । आँखै अगाडि भएको भयानक दुर्घटनामा बाबु–आमा, श्रीमान् र छोरा–छोरी गुमाएकी डा.सृष्टि घरमा उपस्थित भएका आफन्त र परिवारसँग बेला–बेला सोध्छिन् ‘मेरा मुटुका टुक्राहरु खोई ? म मात्रै किन गाडीबाट निस्किएँ ?’ 

कसरी भयो दुर्घटना ? 

दुर्घटनामा बिक्षिप्त रहेकी सृष्टि आफ्नो फूपू उमा तिवारीलाई घटनाबारे  बताएकी थिइन् । सिधाकुरासँग कुरा गर्दै तिवारीले दिएको जानकारी अनुसार सडकको दुरावस्थाका कारण आजको दुर्घटना भएको हो । 

थानकोट चेकपोष्टबाट उकालो लागेको कार चन्द्रागिरिको उकालो उक्लदै गर्दा धुलो, खाडल र ढुंगा छिचोल्दै अघि बढीरहेको थियो । सेतो पहरा पुगेपछि कार उकालो उक्लिएर मोडिनु पर्ने भयो । तर, मोडमा एउटा ठूलो ढुङ्गाले कारलाई अघि बढेर मोडिन दिएन । कार हाँकिरहेका डा.महेशले ढुङ्गालाई छिचोलेर कारलाई मोड्न खोजे तर सकेनन् । 

उनले श्रीमती सृष्टिलाई कारबाट ओर्लिएर कारलाई छेकेको ढुङ्गा निकालिदिन आग्रह गरे । श्रीमानले चलाइरहेको कारमा बाबु आमा, छोराछोरीलाई छोडेर उनी ओर्लिइन् । अगाडि बढेर कारलाई छेकेको ढुङ्गा सृष्टिले झिकिन् । श्रीमान् महेशले कारलाई अघि बढाएर मोड्न खोजे तर कार ब्यग्र गतिमा पछाडी हट्यो । सृष्टि चिच्याउन थालिन्, कारको पछाडीको टायरमा ढुङ्गाको ओट राख्न खोजिन तर सकिनन् उनकै आँखा अगाडी कार पछाडी गुड्दै भिरबाट झर्यो । 

उनी दौडिदै कराउँदै गुहार गाग्न थालिन् । गाडी झरेकोतर्फ हामफालिन् । कार माथिल्लो भीरबाट झरेर तल्लो सडकमा बजारियो । श्रीमान्, बाबु, आमा, छोरा र छोरी सडकमा बजारीए । कार सो सडकबाट पनि ५ सय मिटर तल भिरबाट खस्यो । दौडिदै कार बजारीएको सडकमा आइपुगेकी तिवारीले छटपटाउँदै गरेकी छोरी स्मारिका गौतमलाई उचालिन र गुहार मागिन् । सो सडक भएर यात्रा गरीरहेकाहरु यात्रुहरुले तत्काल प्रहरी र एम्बुलेन्स बोलाए । इलाका प्रहरी कार्यालय चित्लाङ र चेकपोष्टबाट प्रहरी पुग्यो । दुर्घटनामा सकुसल रहेकी सृष्टि र गम्भिर घाइते छोरी स्मारिकालाई प्रहरीले बयोधा अस्पताल बल्खु पठायो ।  

फुपु उमाका अनुसार गम्भिर घाइते स्मारिकाको पनि साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको जानकारी अस्पतालले गराएको छ । 

‘एउटै दुघर्टनाले सबै परिवार उजाडियो,’ उमा तिवारीले सिधाकुरासँग  भनिन्, ‘आँखै अगाडि भयावह दुर्घटना भोगेकी बहिनी भावबिह्वल छिन् । उनको सर्वस्व गुम्यो ।’

सृष्टि, उनका श्रीमान् र छोराछोरी। तस्विर : फेसबुक

सडककै कारण दुर्घटना

दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी वरिष्ठ नायव निरिक्षक विकास कार्की शनिबारको दुर्घटनाको कारण सडकको दूरावस्था भएको बताउँछन् । उनका अनुसार ठाडो उकालो र ओरालो, तथा दर्जनबढी घुम्ती र भिर भएको थानकोट–चित्लाङ सडकमा पछिल्लो केही वर्षदेखि बिग्रिएको ग्राभेलका कारण यात्रा गर्न निकै कठिन छ । 

‘धुलोले छोपेको खाल्डो, ग्राभेल उप्किएर सडकमा टक्रक्क बसेका ढुंगाले साना ठूला दुर्घटना गराइरहेका छन्,’ कार्की भन्छन्, ‘झन भिर र घुम्तीले चालकहरुलाई असहज गराएकै हुन्छ । आजको दुर्घटनामा पनि यस्तै देखिन्छ ।’ चित्लाङ घुम्न आउने र हेटौंडा जानेका लागि समेत अहिले यो कच्ची सडक निकै प्रयोग भएको उनले बताए । इलाका प्रहरी कार्यालयकाअनुसार गत वर्ष पनि यही मोडमा एउटा पिकअप भ्यान दुर्घटनामा परेको थियो । सेतो पहराको भीरबाट मोड्न नसकेर खसेको सो भ्यानमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

चित्लाङमा होटल व्यवसाय गर्ने अर्जुन ठकुरी पनि सडकको दुरावस्थाका कारण शनिबारको दुर्घटना भएको बताउँछन् । मानिसहरुको चाप बढी रहेको सडक झण्डै एक दशकदेखि अलपत्र रहेको उनको भनाई छ । चित्लाङ र चन्द्रागिरि नगरपालिकालाई सडक सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको उनले बताए । 

‘आज चिकित्सकसहित ५ जनाको अकालमा ज्यान गयो, गत वर्ष २ जनाले सोही ठाउँमा ज्यान गुमाए,’ ठकुरी भन्छन्,‘बाटो बन्न अझै कतिले ज्यान गुमाउनु पर्ने हो ? सरकार र स्थानीय तहले कहिले सोच्छन ?’

प्रतिक्रिया

  • 🔐 You got a transaction from us. Confirm >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZ 1 months ago
    ayyabf
  • 📝 You got a gift from our company. Next => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZza 27 days ago
    1rezub
  • 🗝 You have a message(-s) № 352. Read >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWd 24 days ago
    9lmo76
  • 🔎 You have a gift from us. Get => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1cm 23 days ago
    k51w5d
  • 🖋 Reminder- Transaction #BE21. CONTINUE =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZz 23 days ago
    0ahywu
  • 🔔 Email: Operation №EZ57. LOG IN >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=e491c096700ed0984f03bf5ab3699f8b& 🔔 17 days ago
    j6gh2o
  • 🔐 You have a message # 172. Go > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=e491c096700ed0984f03bf5ab3699f8b& 🔐 2 days ago
    cvkuu3
  • 🗒 Email; Transfer #WH41. CONTINUE > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=e491c096700ed0984f03bf5ab3699f8b& 🗒 8 hours ago
    mz23v0

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....