Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

युवराज कँडेल

६ भदौ, काठमाडौं । साउन २ मा  विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन र राजश्व अनुसन्धान विभागले टोखामा फेला पारेको सुनको फ्याक्ट्रीसँग मिल्दोजुल्दो कारोबारमा गृह मन्त्रालय मुछिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृहमन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी बीच सुन तस्करीको पूर्व सूचना आदान–प्रदान र रकम लेनदेनको प्रमाण फेला परेको हो । 

सिधाकुरालाई प्राप्त उक्त प्रमाणमा महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी छ । अधिकारी र दावाको वीच्याटमा त्यसपछि पनि दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि सिधाकुरासँग सुरक्षित छ ।

तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृहमन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । १४ साउनमा ठमेलको भियाना होटलबाट दावा छिरिङ पक्राउ परेका थिए ।

‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको  महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ति सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतले भन्यो, ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदैछ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।

सोही आधारमा अधिकारीले सुन पास गराउन गृह मन्त्रालयको सबै प्रबन्ध मिलाउने गर्दथे । त्यसैको आधारमा अधिकारीले दावासँग मोटो रकम बुझ्थे । अहिले भेटिएको प्रमाण टोखाको फ्याक्ट्रीमा बरामद भएको सुन झिकिएको मोटर, मिक्चर लगायतका विद्युतीय उपकरणसँग मिल्दोजुल्दो छ ।’

सिधाकुरालाई स्रोतबाट प्राप्त विवरणमा अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेका छन् ।

दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् । जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् । महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र हुन् ।


अनुसन्धान अधिकारीहरुकाअनुसार महानिर्देशक अधिकारी र दावाबीच २०७८ असार ७ देखि यता निरन्तर संवाद हुने गरेको देखिएको छ । ५ साउन २०७९ देखिका संवादमा भने राम्रो काम भएको भन्दै रकम लेनदेनका कुराकानी छन् । यसको सक्कली फाइल सिधाकुरासँग सुरक्षित छ । 

वषौँदेखि नेपाललाई आफ्नो अपराधको अखडा बनाइरहेका दावा छिरिङ नेपाली बोल्न र रोमनाइज्ड नेपाली लेख्न पनि सक्छन् । 

सुन तस्करीका नाइके दावा छिरिङ र अध्यागमन विभागका महानिर्देशक अर्थात सुन तस्करीका सरकारी माफिया झलकराम अधिकारीको संवादको अंश यस्तो छ । 

म्यासेजमा दावाले ‘नमस्ते’ लेखेका छन् ।

त्यसको जवाफमा झलकरामले ‘नमस्ते’ फर्काउँछन्, अनि ‘हाउ आर यू’ भन्दै हालखबर सोध्छन् ।

उनीहरुबीच राम्रो चिनजान भएको पुरानो सम्बन्ध जसरी संवाद भएको देखिन्छ । 

दावाले तत्कालै जवाफ फर्काउँछन् । ‘एभ्रिथिङ गुड, थ्याङ्क यू दाई ।’ अर्थात सबै ठिक छ, धन्यवाद दाई भन्छन् । 

त्यसको अर्को दिन झलकरामले दावालाई एउटा फोटो पठाउँछन् । पानि तान्ने मोटरको फोटो पठाउँछन्, लगत्तै दावाले ‘ओके’ भन्छन् ।  यो तस्विर हेर्नुहोस् ।

 

स्मरण रहोस्, दावा छिरिङको टोखास्थित सुन प्रशाेधन गर्ने उद्योगमा छापा हान्दा पनि झलकरामले फोटोमा पठाएका पानी तान्ने मोटर, त्यसलाई प्याक गरिएको खोल भेटिएका थिए । 

यसपछिको संवादमा झलकरामले झनै महत्वपूर्ण कागजपत्रको फोटो पठाउँछन् । आयात गरिएको सामानको भन्सारमा पेश हुने कागजपत्रमा सरकारी छाप हानिसकेपछि अर्थात भन्सार पास गराइदिएको प्रमाणस्वरुप पानी तान्ने मोटरको विवरण सहितको पत्रको फोटो पठाएका छन् । 


यसपछिको संवादले अधिकारी सुन तस्करीका नाइके दावा छिरिङका लागि गृहमन्त्रालय र विमानस्थलमा सेटिङ सेट गर्ने माफिया हुन भन्ने झन् प्रष्ट पार्छ ।  

दावा छिरिङले झलकरामलाई ‘दिस नम्बर इज अल्सो माइ नम्बर’ भन्दै  नम्बर पठाउँछन्, अर्थात यो नम्बर पनि मेरो हो भन्दै अर्को नम्बर दिन्छन् । झलकरामले म्यासेज सिन गर्छन् । स्रोतका अनुसार त्यसपछि उनिहरुको त्यही फोन नम्बरमा फोन संवाद सुरु भएको अनुसन्धानमा देखिन्छ । 

तर म्यासेज भने यो नम्बरको वीच्याटमा पनि हुन छोड्दैन । त्यसको भोलिपल्ट दावाले फेरि ‘दाई कन्ग्राचुलेसन’ भन्दै ‘स्याम्पेन’सहितको म्यासेज पठाउँछन् । 

यो म्यासेज पनि झलकरामले हेर्छन् । 

त्यसको एक सातामा फेरि झलकलाई दावाले ‘दाई नमस्ते, आइ ह्याभ गुड विजनेस फर यू’ अर्थात मसँग तपाईका लागि राम्रो व्यवसाय अर्थात तस्करीको भाषामा धन्दा छ भन्दै म्यासेज पठाउँछन् । 

लगत्तै दावाले झलकलाई अर्को म्यासेज पठाउँछन् । यो म्यासेजमा, ‘भेरी बिग अमाउन्ट क्यास, आइ नो भेरी वेल’ अर्थात धेरै ठुलो पैसाको काम हो, मलाई राम्रोसँग थाहा छ । लगत्तै ‘निड टु टल्क विथ यू’ अर्थात तपाईसँग कुरा गर्नु छ । 

यो तीन  म्यासेजले स्पष्ट बनाउँछ कि दावाको तस्करी धन्दामा झलकरामले  ठुलो रकम लिएर सहयोग गर्दै आएका थिए । यी सबै म्यासेज सिन(हेरेका) गरेका झलकरामले ‘ओके स्योर’ भन्दै जवाफ पठाउँछन् । 


दावासँग भेटेको छु, कुराकानी गरेको हुँः महानिर्देशक अधिकारी

महानिर्देशक झलकराम अधिकारीलाई हामीले दावासँगको सम्बन्धबारे सोध्यौँ । सुरुमा त उनले दावालाई नचिन्ने बताए तर पछि भने केही समयअघि आफू कर कार्यालयमा भएको बेला दावासँग सम्पर्क भएको स्वीकार गरे ।

उनले वीच्याटमा दावासँग संवाद हुने गरेको पनि स्वीकार गरेका छन् । साथै अधिकारी र दावाको भेट समेत हुने गरेको उनले नै खुलाएका छन् । अधिकारीले एक पटक दावा कार्यालयमै आएको बेला भेट भएको समेत खुलाए । महानिर्देशक झलकराम अधिकारीसँग हामीले गरेको कुराकानी यस्तो छः 

प्रश्नः सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग चिनजान छ ?

झलकरामः छैन छैन हजुर, 

प्रश्नः कतैबाट पनि छैन ? 

झलकरामः छैन, कतैबाट पनि छैन ।

प्रश्नः दावासँग तपाईंले वीच्याटमा कुरा गर्नुभएको रहेछ नी !

झलकरामः छैन, छैन, म उता कर कार्यालयमा हुँदा आएको जस्तो लाग्थ्यो, त्यो दुई / तीन वर्ष अघिको कुरा हो सर । 

प्रश्नः दुई / तीन वर्ष अघि के कुरा गर्नुभएको थियो ?

झलकरामः मलाई ठ्याक्कै सम्झना छैन, मान्छे पनि चिन्दिन, के कुरा भयो पनि मलाई सम्झना भएन । चिनेको भेटेको सम्पर्कको मान्छे पनि होइन सर ।

प्रश्नः वीच्याटमा त फेरि ओक स्योर लेख्नु भएको रहेछ, नमस्ते हाउ आर यू पनि लेख्नु भएको रहेछ त ?

झलकरामः होइन त्यस्तो लेख्या छैन सर मैले, धेरै अगाडि हुनसक्छ, मलाई ठ्याक्कै याद भएन ।

प्रश्नः ए ए... धेरै अगाडि भएपनि लेख्न चाँही लेख्नु भएको हो ?

झलकरामः धेरै अगाडि हो कि जस्तो लाग्छ, ठ्याक्कै सम्झना आएन सर ।

प्रश्नः दावासँग गरेको कारोबार के हो ?

झलकरामः केही होइन, छैन, केही कारोबार भएको छैन ।

प्रश्नः अनि पानी तान्ने मोटरको फोटो किन पठाउनु भएको ?

झलकरामः त्यो मैले पठाएको होइन, चाइनाको त्यसको मोटरको...त्यो विषय चाँही मैले पठाएको होइन, हाम्रो अरु कसैले पठाएको होला ।

प्रश्नः तपाईंको वीच्याट मै छ 

झलकरामः मैले रिकन्फर्म गर्नुपर्छ, मलाई ठ्याक्कै याद छैन ।

प्रश्नः तपाईंले वीच्याटमा कुरा चाँही गर्नु भएको थियो ?

झलकरामः दुई / तीन वर्षअघि एक पटक हो कि जस्तो लाग्छ । मलाई ठ्याक्कै सम्झना भएन, धेरै पुरानो भयो,  नियमित भेटिरहने मान्छे होइन ।  त्यतीबेला के सन्दर्भ थियो होला थाहा भएन,  दावासँग भेटेको, परिचय गरेकाे,  कुनै कारोबार गरेकाे केही पनि होइन ।

प्रश्नः अनि तपाईंले दावाको विदेशबाट आएको सामानको भन्सारको कागजपत्रको फोटो खिचेर पठाइदिनु भएको रहेछ नी ? 

झलकरामः होइन सर होइन, त्यो कोटेसन बिल केही होला । त्यसपछी केही कुरै भएन, कुरै अघि बढेन ।

प्रश्नः तस्करीका नाइकेलाई यो कोटेसन बिल किन पठाइदिनु भएको ?

झलकरामः त्यतिबेला मसँग सरोकार थिएन त्यो, एक जना साथीले नेपालमा चिनियाँ पम्पको मार्केट राम्रो छ भन्नु भएको थियो ।

प्रश्नः को साथीले भन्नुभएको थियो ?

झलकरामः  त्यतिबेला को साथीले भन्नु भएको याद भएन, म एक नम्बर कर कार्यालयमा थिएँ जस्तो लाग्छ । धेरै व्यवसायीहरु कर कार्यालय आउँथे । कतिपय सामानको हामीले विल हेर्नुपर्थ्याे, कहिलेकाहीँ स्टक पनि हेर्न जानुपर्थ्याे, सहसचिव लेवलको मान्छे फिल्डमा जाँदैन, कर अधिृकतहरु जाँदा केही कुरा भएको हुन सक्छ । 

प्रश्नः ए ए... तपाईंलाई त दावाले ‘दाई कङ्ग्रचुलेसन’ भनेको रहेछ, तपाईंले हेर्नुभएको पनि रहेछ ?

झलकरामः हैन, मसँग दावाको दोहोरो कुरा चिनजान भएको छैन । 

प्रश्नः दावाले तपाईंलाई ‘आइ ह्याभ गुड विजनेस फर यू’ भनेको छ, ‘भेरी बिग  अमाउन्ट क्यास, आई नो भेरी वेल’ भनेको छ अनि तपाईंले ‘आके स्योर’ भन्नु भएको छ नी ?

झलकरामः खै सर, अहिलेको यो सन्दर्भमा (सुन प्रकरण) त केही होइन, कर प्रशासनमा हुँदाखेरी के सन्दर्भमा कुरा गरियो है । ठ्याक्कै सम्झना भएन । 

प्रश्नः धेरै ठुलो पैसाको कुरा छ, व्यवसायको कुरा छ, के थियो त्यो व्यवसाय ?

झलकरामः छैन, सर छैन हेर्दा भैहाल्छ । त्यस्तो किन गर्नु,  सिनियर सहसचिव जस्तो मान्छेले, सचिवको लाइनमा छु, टे«निङमा छु, पुरै थाहा भएर गर्ने कुरै होइन नी यस्तो त ।

प्रश्नः त्यही त किन गर्नु भयो त ?

झलकरामः यो अहिलेको कुरा होइन, तीन वर्षअघि हो कि जस्तो लाग्छ, कर कार्यालय छोडेपछि कुरै भएको छैन, एक पटक कर कार्यालयमा भेटे जस्तो लाग्छ, एक पटक आएको थियो त्यही सन्दर्भ हो जस्तो लाग्छ । त्यसपछि फोन सम्पर्क भेटघाट केही छैन ।

प्रश्नः यो ठुलो पैसाको, व्यावसाय चाँही के हो त बुझ्न खोजेको ?

झलकरामः कहाँ त्यस्तो हुन्छ, मेरो बैंक स्टेटमेन्ट चेक गर्दा हुन्छ, कहाँ त्यस्तो हुन्छ ।

प्रश्नः एक दुई पटक कुराकानी चाँही भएको हो त्यसो भए ?

झलकरामः एक पटक हो कि जस्तो लाग्छ, तीन वर्षअघि ।

प्रश्नः जुनसुकै कारण भएपनि फोटो चाहीँ पठाउनु भएकै हो ?

झलकरामः मैले पठाएको हो जस्तो लाग्दैन, एक पटक चेक गर्नुपर्छ ।

प्रश्नः तपाईंले विच्याट म्यासेज डिलिट गर्नु भयो कि बाँकी छ ? 

झलकरामः मैले हेर्नुपर्छ हेरेर कुरा गर्छु ।

यस पछि झलकरामले कलब्याक गरेनन् । यो सवांदमा उनले दुई कुरा स्वीकार गरेका छन् । 

१) दावासँग भेटेको 

२) उनीसँग वीच्याटमा कुराकानी गरेको 


गृहमन्त्रीमाथि नै गम्भिर प्रश्न ?

झलकराम गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रिय पात्र भएको गृहमन्त्रालयकै अधिकारी बताउँछन् । 

२ साउनमा राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार पास भइसकेको अवस्थामा ‘१५५ किलो ब्रेक शु सहित’को सुन बरामद गरेको थियो ।

भन्सार प्रशासन र प्रहरी प्रशासन सबै पास गरेर बाहिरिएपछि बरामद सुन प्रकरणको सम्पूर्ण छानबिन र तहकिकात राजश्व अनुसन्धान विभागले गरिरहेको थियो । आफूभन्दा माथिल्लो निकायको अनुसन्धानलाई सघाउनुको साटो गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने आफूले अनुसन्धान गर्न पाउनुपर्ने भन्दै प्रधानमन्त्रीसँग तिब्र असन्तुष्टि पोखिरहेका थिए ।

राजश्व अनुसन्धान विभागले सुन अनुसन्धान बलियो बनाउन दक्ष प्रहरी जनशक्तिको माग गरिरहँदा गृहमन्त्री भने जसरी पनि अनुसन्धान प्रहरीको हातमा ल्याउन उद्यत थिए । तर, गृहमन्त्री र प्रहरीको दबाब थेग्न नसकेर १७ साउनमा प्रधानमन्त्रीले सुन अनुसन्धान प्रहरीमार्फत गर्न निर्देशन गरेका थिए ।

प्रहरीको हातमा अनुसन्धान पुगेको तीन सातासम्म गृहमन्त्री आफ्नै मन्त्रालयका सबै भन्दा प्रिय पात्र माथिको अनुसन्धान अघि बढाएका छैनन् ।

गृहमन्त्री श्रेष्ठसँग घनिष्ट सम्बन्ध भएका महानिर्देशक र सुन तस्करको सम्बन्धबारे उनले अन्देखा गरेका छन् । तर, अनुसन्धान अधिकारी यस विषयमा गृहमन्त्री श्रेष्ठ जानकार रहेको दाबी गर्छन ।

गृहमन्त्री श्रेष्ठसँग यो विषयमा जानकारी लिन खोज्दा व्यस्तताको कारण देखाउँदै बोल्न चाहेनन् । 

जसरी पनि गृहमन्त्री बन्न खोजेका थिए श्रेष्ठ

१० पुष २०७९ मा नयाँ निर्वाचन लगत्तै माओवादी नेतृत्वमा एमाले, राश्वपा र राप्रपा समेतको सरकार गठन भयो । पहिलो मन्त्रिपरिषद् विस्तारमै माओवादीबाट मन्त्री बन्ने सूचीमा रहेका श्रेष्ठले गृह मन्त्रालय पाउन ठूलो लविङ गरे । माओवादी उपाध्यक्ष समेत रहेका श्रेष्ठ जसरी पनि गृह मन्त्रालय आउन चाहेका थिए ।

तर, प्रधानमन्त्रीले अन्तिम समयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेपछि श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा थन्किएका थिए ।

अरुचीबीच अर्को मन्त्रालयमा रहेका श्रेष्ठ राश्वपाले सरकार छाडेपछि गृहमन्त्रालयमा आउन लबिङ गरे । राश्वपाका सभापति रवि लामिछाने बाहिरिएपछि खाली रहेको मन्त्रालय प्रधानमन्त्री मातहत नै थियो । सोही बेला नारायणकाजी श्रेष्ठकै बलमा झलकराम अधिकारी अध्यागमन विभागको महानिर्देशक बनेका थिए ।

१७ चैतमा श्रेष्ठ भौतिक तथा यातायात मन्त्रालय छोडेर उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा आए । त्यसको ठिक एक महिनाअघि १६ फागुनमा अधिकारीले अध्यागमन विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 

६० किलो सुन प्रकरणसँग सम्बन्धित यसअघिका श्रृङ्खलाहरु 

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान



प्रतिक्रिया

  • 📢 You have a notification # 997. Open >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaW 1 months ago
    xm0wnd
  • 📣 You have a transaction from Binance. Gо tо withdrаwаl =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9l 27 days ago
    q691m4
  • 🔑 You have received 1 message # 917. Go >> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE4MTAyMDE5MjQ2NTkyJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZza 24 days ago
    tc024o
  • 🔇 You have a gift from unknown user. Next >> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZ 23 days ago
    h0dwpc
  • 🔍 You have a transaction from our company. Gо tо withdrаwаl =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9v 23 days ago
    jtbx4a
  • 📂 Reminder; + 1.823487542 bitcoin. Get =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=fc6a532f92f4e09cde7e2b9208714bbf& 📂 17 days ago
    r7gl8j
  • 📇 Message; Transaction NoRH19. GET > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=fc6a532f92f4e09cde7e2b9208714bbf& 📇 2 days ago
    5tgayp
  • 💻 Reminder- + 1.8268 bitcoin. Verify =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=fc6a532f92f4e09cde7e2b9208714bbf& 💻 8 hours ago
    t5xe6x

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....