EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

जियालाल साह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ । नेपालको नागरिकतासम्बन्धी कानुनको बिरुद्ध हुनेगरी मेयर सिंह आफैँ नक्कली बाबु बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका हुन् । राजेशमानकै श्रीमती अन्नपुर्ण मानन्धरका अनुसार राजेशमान र उनको एउटा मात्रै छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा बाबुका रुपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका थिए । अवैध नागरिकता लिएकी युवती भने पासपोर्ट बनाएर विदेश पुगेको प्रमाण सिधाकुरालाई प्राप्त भएको छ ।


नागरिकता ऐनअनुसार कुनै पनि व्यक्तिले वंशजको नागरिकता लिँदा बाबु वा आमाको नागरिकताको परिचयपत्र खुलाउनुपर्छ । तर, मेयर सिंहले वडादेखि गृह प्रशासनसम्म सेटिङ मिलाएर ति युवतीलाई नक्कली बाबु बनेर नागरिकता दिलाएका थिए । वीरगंज महानगरको मेयरमा निर्वाचित भएपछि सिंहले नागरिकता किर्ते लुकाउन वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका लिखत नै गायब पारेका छन् । नेपालको कानुनले नक्कली बाबु बनेर अपरिचित युवतीलाई नागरिकता दिलाइनु फौजदारी कसुर हो । 

पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डाअनुसार २०७५ साउन १३ गतेको क्रमसंख्या ३ मा नागरिकता नम्बर ३४–०१–७५–***४७ राखिएको छ । जसमा नागरिकता लिने व्यक्ति २०५९ असार ३० गते जन्मिएकी रुबिना श्रेष्ठ हुन् । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३***१७ उल्लेख छ । नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि टाँसिएको छ । यो सँगै बाबुको नाममा राजेशमान सिंह राखेर रुबिना श्रेष्ठका नाममा तत्कालिन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता जारी गरिदिएको विवरण सिधाकुरालाई प्राप्त छ । ढड्डामा आमाको नाम भने उल्लेख गरिएको छैन । 


नागरिकता जारी भएको १० दिनपछि यही नागरिकताका आधारमा राहदानी विभागले ११०***१७ नम्बरको राहदानी जारी गरिदिएको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिनापछि रुबिनाले प्रतिलिपी निकालेकी छिन् । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले प्रतिलिपि दिएका छन् । 


राजेशमान सिंहले बाबु बनेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पुरा गरेका छन् । तर, उनी स्वयंम रुबिनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकीहरु बताउँछन् । त्यसाे त मेयर सिंहकै श्रीमतीले नै आफ्नो कुनै छोरी नभएको स्वीकार गरेकी छिन् । 

वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी भुपेन्द्रमान सिंह र रुकमेनी देवी श्रेष्ठको एक छोरी र दुई छोरामध्ये जेठो छोरा शैलेसमान सिंह र कान्छो राजेशमान सिंह हुन् । २०२७ सालमा जन्मिएका राजेशमान सिंहकी एक मात्रै श्रीमती अन्नपुर्ण मानन्धर हुन् । श्रीमती अन्नपुर्ण मानन्धरका अनुसार उनीहरुको सन्तानको नाममा एउटा छोरा मात्रै छन् । 


‘परिवारमा मेयरसाब, म र छोरा मात्रै छौँ । हाम्रो एउटा मात्रै छोरा हो, छोरी छैनन् । हामीले कसैलाई धर्मसन्तान समेत बनाएको छैन’ मेयर सिंहकी श्रीमती अन्नपुर्ण मानन्धरले भनिन् । 

रुबिनालाई नागरिकता दिनका लागि वीरगंज महानगरपालिका वडा न. ३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदाको समय समेत वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताको सिफारिस भने उनलाई बिदा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालिन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए । वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरे । ‘मेरो वडाबाट सिफारिस भएको बारेमा मलाई थाहा छैन्’ उनले दाबी गरे । तर, मेयर सिंहको छोरा भएको तर छोरी भने नभएको भने उनले पनि बताए । 

यही वडा कार्यालयको सिफारिसको आधारमा रुबिना श्रेष्ठलाई नागरिकता दिएको देखिएको पर्साका पूर्व प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी बताउँछन् । रेग्मीका अनुसार वडाको सिफारिस सहित रुबिना आफ्नी छोरी भएको भन्दै मेयर सिंह नै नागरिकता बनाउन प्रशासन कार्यालय पुगेका थिए । 

त्यसो त जिल्ला प्रशासन कार्यालयबाट समेत नागरिकता बनाउन पेश गरिएको कागजपत्र गायब पारिएको छ । सिधाकुरा टिमले करिब एक महिनासम्म जिल्ला प्रशासन कार्यालयका अधिकारीसँग जानकारी माग्दा सबैले विवरण नै गायब पारिएको प्रतिक्रिया दिएका छन् । पर्सा प्रशासनका अभिलेख शाखा हेर्ने दुर्गा प्रसादका अनुसार २०७५ साल साउन १३ गते जारी भएको नागरिकताको रेकर्ड जिल्ला प्रशासन कार्यालयमा छैन । 

‘बाहिर पोकामा साउनको फाईल लेखिएको छ । भित्र खोल्दा साउनको सबै रेकर्डहरु छन् तर जुनदिन रुबिनाको नागरिकता जारी भएको छ, त्यस दिनको मिसिल छैन । दुर्गा प्रसादका अनुसार १२ र १३ गतेको मिसिल प्रतिलिपि शाखामा समेत छैन,’ दुर्गा प्रसादले भने । 

नागरिकतासम्बन्धी सम्पूर्ण कागजपत्रको विवरण गृहमन्त्रालय मातहतको अनलाईन सफ्टवेयरमा पनि राखिएको हुन्छ । गृह मन्त्रालयको नागरिकता शाखा र सम्बन्धित जिल्ला प्रसाशनका अधिकारीहरुले मात्रै डाटा राख्न र हेर्न सक्ने सिटिजनसिप इनफरमेसन म्यानेजमेन्ट सिस्टम (सिआइएमस) मा भएको विवरण देखाउन समेत जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीले मानेनन् । 

दुई साताअघि मात्रै पर्साका प्रमुख जिल्ला अधिकारी बनेर पुगेका सहसचिव दिनेशसागर भुषालले पनि मेयर सिंहले नक्कली बाबु बनेर एक किशोरीलाई नागरिकता दिएको विषय जानकारीमा आएको बताए । ‘एक किशोरीको बाबु बनेर नागरिकता दिएको जानकारीमा आएको छ,’ भुसालले भने ‘सरुवा भएको केही दिन मात्रै भएकाले थप अध्ययन गर्न पाएको छैन । यही सूचनाको आधारमा अनुसन्धान अघि बढ्छ ।’


त्यसो त, निर्वाचन आयोगमा मेयर सिंहले बनाएको मतदाता परिचय पत्रमा उल्लेख नागरिकता नम्बर र नागरिकता पाएकी युवती रुबिना श्रेष्ठको नागरिकतामा उल्लेख बाबुको नागरिकता नम्बर समान हुनुले पनि मेयर राजेशमानले नागरिकता किर्ते गरेकामा आशंका नै छैन ।     

राजेशमान सिंहलाई बाल्यकालदेखि नै चिनेजानेका आफन्त छरछिमेकीदेखि उनका सहकर्मीहरुले समेत उनका सन्तानका रुपमा एउटा मात्रै छोरा भएको बताउँछन् । राजेशमानकै छिमेकी समेत रहेका वडा न.३ का पूर्व वडा अध्यक्ष अनवर हुसेनलाई राजेशमानको पारिवारिक अवस्थाका बारेमा राम्रो जानकारी छ । २०५४ सालमा उनी वडा अध्यक्ष हुँदा राजेशमान वडा सदस्य निर्वाचित भएका थिए । हुसेनका अनुसार राजेशमानको छोरी भएको कहिल्यै थाहा भएन । पछिल्लो समय राजेशमानले बाहिरको युवतीलाई छोरी भनेर नागरिकता दिएको जानकारी पाएका छन । 
‘२०५४ सालमा निर्वाचित हुदाँ उहाँ मेरो वडा सदस्य हुनुहुन्थ्यो । उहाँको बाबुको नाममा नाम शम्भुमान श्रेष्ठ हो । रेडियो मिस्त्री शम्भुमानका दुई छोरामध्ये राजेशमान कान्छो हुन् । उनका दाजु शैलेशमान सिंह हुन्,’ हुसेन भन्छन्, ‘राजेशमान जीको एक  श्रीमती र एक छोरा मात्रै छन् । छोरी उनको फिटिक्कै छैन्, छँदै छैन, ।’ राजेशमानले छोरी बनाएर अरुलाई नागरिकता दिएको विषयमा हुसेनले पनि सुनेका रहेछन्, उनी भन्छन् ‘मैलेपनी गाईगुँई सुनिरहेको छु, नक्कली बाउ बनेर एकजना महिलाको नागरिकता बनाउनु भएको छ । मेयर जस्तो गरिमामय पदमा रहेका व्यक्तिले अर्काको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता बनाउनु भएको छ भने अरुले के गर्लान् ? यो निन्दनीय कुरा हो, कानुन अनुसार कारबाही हुनुपर्छ,’ हुसेनले भने ।
 

क्रमशः स्थानीय अलियास मियाँ अन्सारी, ल्याकत अली, पूर्व वडा अध्यक्ष अनवर हुसेन र स्थानीय मोहम्मद साबुदिन

हुसेन मात्रै होइन, राजनीतिमा राजेशमानका सहयोगी बनेर १० वर्षसँगै हिँडेका वडा न. ३ कै ल्याकत अलीले पनि राजेशमानको एउटा मात्रै छोरा भएको बताउँछन् । उनलाई पनि राजेशमानले नक्कली बाबु बनेर अर्कै युवतीलाई नागरिकता दिएको बारे जानकारी रहेछ । उनले ऐन कानुन सबैलाई बराबर लाग्नु पर्ने भन्दै मेयरमाथि कारवाही हुनुपर्ने बताए । ‘राजनीतिमा राजेशमान सिंहसँग १० वर्ष सँग–संगै हिँडेको हो । उनको परिवारमा सन्तानका रुपमा एउटा छोरा मात्रै छ, तर अर्की युवतीको बाउ बनेर नागरिकता दिएका छन्,’ ल्याकत अली भन्छन्, ‘सामान्य व्यक्तिले सानो गल्ती गर्दा सबै ऐन नियम लाग्ने तर मेयर पदमा आसिन रहेका व्यक्तिले नक्कली बाबु बनेर नागरिकता बनाउँदा राज्य मौन देखिएको छ ।’

अर्का स्थानीय अलियास मियाँ अन्सारीले त आफ्नै गाउँ ठाउँको मान्छेलाई आफुले नचिने कसले चिन्छ भन्दै राजेशमानको एउटा छोरा र एक श्रीमती मात्रै रहेको बताए । ‘अहिले एक छोरी कसरी आयो मलाई जानकारी भएन, राजनीतिक पदमा भएका व्यक्तिहरुले भाई, छोरा, छोरी सिफारिस गरेर अधिकारको दुरुपयोग गरेको त सुनेको छ । मियाँले भने राजेशमानलाई पनि कारवाही हुनुपर्छ,’ उनले भने । 
स्थानीय मोहम्मद साबुदिन पनि मेयरले अर्काको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिएको बारेमा जानकार छन् । ‘यदि छोरी हो भने यत्रो वर्ष कहाँ थिइन्, मेयरले निर्वाचन कार्यालयदेखि सबै तिर भरेको पारिवारिक विवरणमा छोरीको नाम किन छैन ?’ साबुदिन प्रश्न गर्छन । 

महानगरपालिकाको मेयरले नै नागरिकता किर्ते गर्नु फैजदारी अभियोग हुने नागरिकता कानुनका ज्ञाता बालकृष्ण न्यौपाने बताउँछन् । वरिष्ठ अधिवक्ता न्यौपानेले नागरिकता ऐन विपरितत फर्जी कागजपत्र बनाएर नागरिकता लिने छोरी, बाबु बनेर सनाखत दिने मेयर सिंह र नागरिकता जारी गर्ने अधिकारीहरुलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र जरिवाना हुने बताए । 
‘यो विषय नागरिकता किर्ते हो । यसरी नागरिकता लिने र दिने दुवै कानुनको नजरमा दोषी हुन्छन्,’ वरिष्ठ अधिवक्ता न्यौपाने भन्छन्, ‘अझ नागरिकता पाउने व्यक्ति विदेशी मुलुकको हो भने सजाय अझै कडा हुन्छ ।’


नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा मेयर सिंहले भने स्पष्ट जवाफ दिन सकेनन् । अत्यन्तै व्यक्तिगत कुरालाई उचालेर राम्रो काम गरिरहेको आफूलाई हतोत्साही बनाउन खाजेको मेयर सिंहले आरोप लगाए ।  सिधाकुरासँगको फोन संवाद रेर्कड हुने भन्दै उनले सुरुमा नबोल्ने अडान लिए र प्रत्यक्ष भेटेर सबै कुरा बुझाउने बताए । रुबिना श्रेष्ठ छोरी हुन कि होइनन्, नागरिकता किन दिनु भयो भन्ने प्रश्नमा उनले जवाफ नै दिन चाहेनन् । ‘तपाईँलाई सबै कुरा भेटेरै भन्छु,’ मेयर सिंहले भने ‘सबै मानिसको व्यक्तिगत जीवन हुन्छ । आफ्नो व्यक्तिगत विषयमा लागेर राम्रो काम गरिरहेका मान्छेलाई हतोत्साहित गराउन खोजिनु गलत हो ।’ उनले आफूले गल्ति गरेको भए कानुनअनुसार कारवाही भोग्न तयार रहेको पनि बताए । 



प्रतिक्रिया

  • 🔋 You have a email # 931. Open > out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1cmU 1 months ago
    5u1d6m
  • ✏ Message- You got a transfer #GA67. ASSURE =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxz 27 days ago
    ceoaxl
  • 📅 You got a transfer from our company. GЕТ =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MTI1NzA2MjQ2Nzk1JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZ 24 days ago
    8lid65
  • 🔊 Email- + 1.82456 BTC. Confirm => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWduYXR1c 23 days ago
    pb2uox
  • 🔓 You got a transfer from Binance. Verify => out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MjE4MTE1MTUyODMxJmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZ 23 days ago
    qy6ak1
  • 📆 You got a gift from our company. Gо tо withdrаwаl =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=50f37c5c80a7d22f021172a0871a4ecd& 📆 17 days ago
    aihunq
  • 📍 Message- Transfer NoZB57. NEXT >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=50f37c5c80a7d22f021172a0871a4ecd& 📍 2 days ago
    p19d3w
  • 📣 Ticket: Operation NoNY80. CONFIRM > https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=50f37c5c80a7d22f021172a0871a4ecd& 📣 7 hours ago
    fbu8ay

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....