नेभिगेशन
सबै कुरा

गठबन्धनको दबाबले वीरगंजका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिनमा ढिलाइ : गगन थापा

वीरगंज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् । 

वीरगंजबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा आयोजित रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले  पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेकाले मेयर सिंहको नागरिकता छानबिन हुन नसकेको बताए । उनले भने, ‘एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते गर्‍यो भने, त्यो नागरिकता किर्ते गर्ने व्यक्ति तत्काल थुनामा पुग्छ । तर कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ वा पदमा छ भने, छुट पाइरहेको हुन्छ । त्यो राजनीतिक दलका नेताले अहिले गठबन्धनको बैठकमा बस्ने हैसियत राख्छ त्यही कारणले छुट पाएको हुन्छ । पहुँचका अ‌ाधारमा यस्तो पनि स्टेट हुन्छ ?’ पूर्वमन्त्री गगन थापाले प्रश्न गरे, ‘राज्यका लागि त सबै बराबर हो यस्तो सवालमा जो गलत गर्छ, त्यसमा निर्धक्क रूपमा मिडियाले प्रश्न गर्न सक्नुपर्छ । ताकि मैले नक्कली नागरिकता बनाउनेलाई छुट दिएमा, मलाई सञ्चारमाध्यमले छोड्दैनन् । यो डर हुनुपर्छ, यो वातावरणको सिर्जना मिडियाले गर्नुपर्छ ।’

महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए । सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी गर्यो भने देशमा व्यापक परिवर्तन हुने बताएका छन् । राजनीतिक, प्रशासनिकसहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घच्घच्याइरहनुपर्ने  उनको भनाई छ । 



मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती...
चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन...