वीरगंज । जन्म दर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहले प्रधानमन्त्रीलाई भेटेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबार पुगेर उनले प्रधानमन्त्री पुष्मकमल दाहाललाई भेटेका हुन् ।
प्रधानमन्त्रीलाई भेट्न मेयर सिंह शुक्रबार दिउँसो ३:३० बजे प्रधानमन्त्रीको कार्यालय प्रवेश गरेका थिए । सिंहदरबार स्रोतकाअनुसार सरकारी कागजात किर्ते प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नु पूर्व नै मेयर सिंह शक्ति केन्द्र धाउन थालेका हुन् ।
‘प्रधानमन्त्री कार्यालयमा मेयर सिंहले झण्डै आधा घण्टा बिताउनु भयो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । भेटका क्रममा मेयर सिंहले किर्ते प्रकरण जोगाइदिन आग्रह गरेको र त्यसका लागि पार्टि परित्याग गर्न समेत सकिने सम्मको संकेत गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै बाबु बनेर मेयरल सिंहले नागरिकता दिलाएका थिए । सोही नागरिकताका आधारमा नागरिकता पाएकी युवति अहिले पासपोर्ट समेत बनाएर विदेश उँडिसकेकी छिन् ।
मेयर सिंहले नागरकता बनाउनु अघिको जन्मदर्ता सहितको सबै कामगजात समेत फर्जि बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परिसकेको छ । सिधाकुराले पुस २४ गते मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाइ दिएको सार्वजनिक गरेको थियो ।
त्यस लगत्तै उनी बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले जाहेरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले गठन गरेको छनबिन समितिले काम गर्न नसकेपछि गृह मन्त्रालयले ३ सदस्सीय छानबिन समिति बनाएर वीरगंज पठाएको थियो ।
सो समितिले छानबिन सकेर काठमाडौं फर्किसकेको छ । स्थानीय तह निर्वाचन देखि मेयर हुँदासम्म एक श्रीमति र छोरा मात्रै रहेको विवरण पेश गरेका मेयर सिंहले गत साता गृह मन्त्रालयको छानबिन समितिसंग भने दुई वटा श्रीमति रहेको बयान दिएका थिए ।
यस अघि दुई वटा परिवारको विवरण लुकाएका मेयर सिंहले गृह मन्त्रालयलाई बयान दिएकै भोलिपल्ट उनको कान्छि भनिएकी महिला रिता भट्टराईले जिल्ला अदालत पर्सामा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेकी थिइन । किर्ते माथि किर्ते गरिरहेका मेयरमाथि छानबिन चलिरहँदा प्रधानमन्त्रीसहित, गृहमन्त्री लगायतका उच्च पदस्थ नेताहरु मयरसंग निकट देखिएका छन् ।
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन
वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी
वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता
जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु
वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा
नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते