
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरेर नेपाल ल्याएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार बुधबार बिहान अमेरिकी चार्टर्ड जहाजमार्फत नेपाल ल्याइएका ८ जनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।
अहिले उनीहरुलाई मानव बेचबिखन ब्युरोमा लगिएको छ । प्रहरीका अनुसार अमेरीकामा हुने मानव तस्करी सम्बन्धी सूचनाका लागि उनीहरुलाई सोधपुछ गरिने छ।