
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि हमासलाई अन्मित चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो कुराको सुनुवाइ भएन भने हमासका एक सदस्य पनि बाँकी नरहने धम्की दिएका हुन्।
उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’
ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको उक्त अभिव्यक्ति आएको हो। आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले बन्धकहरू रिहा गरिएन भने हमासले ‘ठूलो मूल्य चुकाउने’ चेतावनी दिएका छन्।
उनले आफ्नो पोस्टमा अगाडि भनेका छन्, ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो।’ ‘यो तपाईंहरूलाईं अन्तिम चेतावनी हो नेतृत्वका लागि। गाजा छाड्ने समय आएको छ।’
उनले सर्वसाधारणलाई धम्की दिँदै भनेका छन्, ‘साथै गाजाका जनतालाई सुन्दर भविष्यले पर्खिरहेको छ, तर तपाईंले बन्धक बनाउनुभयो भने होइन। यदि तपाईंले त्यसो गर्नुभयो भने तपाईं समाप्त हुनुहुनेछ।’हो।
यो पोष्ट आउनुअघि उनले युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेका थिए ।