
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद परिसरमा प्रश्न सोध्ने दुई जना पत्रकारको पास निलम्बन गरिएको विषय संसदमा पनि उठेको छ ।
संघीय संसद सचिवालयले पत्रकारहरू प्रकाश ओली र किशोर कुमार श्रेष्ठको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने निर्णय मङ्गलबार गरेको थियो ।
बुधबारको संसद बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका खनालले सार्वभौम संसदमा सरकारको छाया परेको भन्दै आपत्ति जनाए । प्रश्न सोधेकै आधारमा सरकारको निर्देशनमा संसदले पत्रकारको पास निलम्बन गरिन्ु गलत भएको उनको भनाई थियो ।
‘संसद मै एकजना नेताले निर्वाचनबाट चुनाव जितेर आएको मान्छे हिटलर हुन्छ भनेर प्रश्न गर्नु भएको थियो,’ सांसद खनालले भने,‘जर्मनीको इतिहाँस हेरौँ । हिटलर पनि निर्वाचनबाटै आएका थिए । उनले लोकतन्त्रका अधिकारकरु कटौती गरेर तानाशाह लादेका थिए । म प्रश्न गर्न चाहन्छु । के अहिले प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?’