
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् ।
बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।
कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सवैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । सभापति देउवाले गोर्खा भर्ति केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको भन्दै समस्या समाधानका लागि कुटनीतिक तवरले कुरा अघि बढाउने प्रतिवद्धता जनाए ।
गोर्खा भूतपूर्व सैनिकको पेन्सनको विभेदका बिषयमा समेत आफु जानकार रहेकाले यस बिषयमा पनि आफुले सम्बन्धीत निकायमा कुरा गर्ने उनको भनाइ छ ।