
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुख्र्यौली घर महोत्तरीको एकडारा पुगेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज प्रचण्ड बालेनकोको पुख्र्यौली घरमा पुगेका हुन् । त्यसक्रममा प्रचण्डले सबै मिलेर नागरिको अधिकार जोगाउनु पर्ने र देश बनाउनु पर्ने धारण राखेका थिए ।
बालेनको घरमा अहिले एकडारा गाउँपालिका भाडामा बसेको छ।