काठमाडौं । सरकारले विवादास्पद पृष्टभूमीका सहसचिव झलकराम अधिकारीलाई जिम्मेवारी तोकेको छ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका दावा छिरिङसंग सुन तस्कारीको डिल गरेको सिधाकुराको खुलासा पछि भदौ ७ गते देखि अधिकारी जिम्मेवारीबिहिन थिए ।
गृहमन्त्री नारायरणकाजी श्रेष्ठको रोजाईमा अध्यागन विभागको महानिर्देशक बनेका अधिकारीको तस्करी डील सिधाकुराले खुलासा गरेपछि उनी सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका थिए । तर, शुक्रबार सरकारले उनलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । भदौ ७ देखि जगेडामा रहेका अधिकारीले ५ महिना पछि जिम्मेवारी ताेकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका उनले ६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग विच्याटमा गरेको तस्कारीको संवाद सिधाकुराले सप्रमाण सार्वजनिक गरेको थियो । दावासँगको च्याटमा उनले धेरै पैसाको ठुलो कारोबारको कुरा मात्रै गरेका थिएनन्, दावाको गोदाममा भेटिएको सुन तस्करी हुने पानी तान्ने मोटरको तस्वीर र कागजात समेत पठाएका थिए । दावासँग संवाद भएको र भेटघाट भएको अधिकारी आफैँले सिधाकुरासँग स्वीकार नै गरेका थिए ।
दावा-अधिकारी कनेक्सन सिधाकुरामा प्रकाशन भएपछि गृहमन्त्रालयले अध्यागमनबाट फिर्ता बोलाए पनि बालुवाटारको दबावका कारण सीआईबीले पक्राउ गरेर अनुसन्धान गर्न भने सकेको थिएन । बरु बोलाएर सामान्य सोधपुछपछि बोलाएका बखत उपस्थित हुने कागज गराएर बिदा गरेको थियो ।
सम्बन्धित समाचार :
सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए
सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?
अध्यागमनका तत्कालिन् महानिर्देशक झलकरामलाई अख्तियारले भरायो ‘१३ पन्ने’, सीआईबीले बयान लिने
दावासँग तस्करीको ‘डिल’ गर्ने झलकरामलाई सामान्य सोधपुछ, दिपेशको पनि हाजिरी मात्रै
गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ