
काठमाडौं । नेपालमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम रोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार डजाइनको क्रममा रहेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू पनि उक्त आदेशबाट रोकिएका छन् ।
मन्त्रालयका अनुसार डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरूको लागि भने सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त भएको थिएन । अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।