नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण

गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ

७ भदौ, काठमाडौं ।

बुधबार सिधाकुराले अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारी र ६० किलो सुन प्रकरणका नाइके भनिएका दावाछिरिङ लामाको वी–च्याट संवाद स–प्रमाण प्रकाशन गरेको थियो । ६० किलो सुन प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ ।

CG

हालसम्म सुन तस्करीको मुख्य नाइके भनिएका दावा सीआईबीकै नियन्त्रणमा छन् । सोही दावासँगको सुन प्रकरणसँग प्रत्यक्ष जोडिएको संवाद हामिले प्रस्तुत गरेपछि उनी स्वतः सीआईबीको अनुसन्धानको घेरामा आउनुपर्थो । तर त्यसो नभएर उनी मन्त्रालय तानिए ।

उनको जिम्मेवारी खोसेर मन्त्रालय तानिँदा उनलाई प्रहरीको अनुसन्धानबाट जोगाउने खेल सुरु भएको आशंका बढ्न थालेको छ । सोही विषयमा हामीले गृहमन्त्री नारयाणकाजी श्रेष्ठलाई सीआईबीको नियन्त्रणमा हुनुपर्ने व्यक्तिलाई मन्त्रालय तान्नुको कारणबारे सोधेका छौँ । प्रस्तुत छ, उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग गरिएको संवाद ।  


अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र सुन प्रकरणका नाइके भनिएका दावा छिरिङको संवादबारे यसअघि तपाईंलाई थाहा थियो ?

उनिहरुको संवादका बारेमा मलाई औपचारि करुपमा जानकारी आएको थिएन । सिधाकुरामा समाचार प्रकाशित भएपछि थाहा पाएँ । त्यसपछि मैले सीआईबीलाई जानकारी मागेर थप अनुसन्धान गर्न भनेको छु । 

तपाईं मातहतको विभागका महानिर्देशक अधिकारीकै सम्पर्क दावासँग भएको देखिएपछि, मन्त्रीका रुपमा महानिर्देशकलाई के सोधपुछ गर्नुभयो ?

मैले गरेको छैन । व्यक्तिगतरुपमा मैले कुरा गर्दा भलाकुसारी जस्तो हुन्छ । यो प्रकरण अब भलाकुसारी गर्ने विषय रहेन । सीआईबीले अनुसन्धानमा पेश नगरिसकेको अवस्थामा सिधाकुराले तपाईंहरुले गरेपछि हामीले गम्भिर ठानेर मन्त्रालयमा तानेका हौँ । अब सीआईबीले पनि गम्भिर रुपमा लिएर अनुसन्धान अघि बढाओस् । तथ्य प्रमाणका आधारमा कारबाही गरोस् । 

तपाईंको व्यक्तिगतरुपमा पनि सम्बन्ध छ क्यारे ! व्यक्तिगत रुपमा कुराकानी भएको छैन ?

मैले सोधिसक्या छैन, मैले गृह मन्त्रालय फिर्ता बोलाइसकेँ । अब सीआईबीले सीरीययस्ली टेक अप गर्नुपर्छ । 


अनि सुन प्रकरणमा दावासँग कनेक्सन देखिएका कर्मचारीलाई सिआइबी पठाउने हो कि, गृह मन्त्रालय बोलाउने त ?

सीआईबीले अनुसन्धान गरेर यो आरोपित हो, अनुसन्धानको पात्र हो भने अब लैजाने हो । हामीले पठाउने होइन । हामीले त यस्तो आएको छ, यसलाई गम्भिर रुपमा लिऔँ, हामीले जिम्मेवारीबाट मुक्त गरायौँ गम्भिरतापुर्वक अनुसन्धान गर भनेर सीआईबीलाई निर्देशन दिसकेका छौँ । 

सुन प्रकरणमा अहिलेसम्म भइरहेको अनुसन्धान सन्तोषजनक छ ? 

सुन प्रकरणको अनुसन्धान सीआईबीले गम्भिरतापुर्वक गरिरहेको छ, यो प्रकरणका सारा नेक्ससको जरोसम्म पुग्नेगरी काम गरेको छ भन्नेमा म विश्वस्त छु । मेरो स्पष्ट निर्देशन  शंकास्पद देखिने तथा दोषीलाई पहिचान गरी कानूनी बाटोमा ल्याउनुपर्छ भन्ने छ । 

भनेपछि "झलकरामलाई पनि पक्राउ गर्नु पर्यो" भन्यो भने सीआईबीलाई तपाईंहरुको दबाब रहन्न ?

गृहमन्त्री : समस्यानै छैन, सीआईबीले झलकरामलाई मात्रै होइन जोकोहीलाई पनि अनुसन्धान गर्नुपर्ने देखियो भन्यो भने हामीले राजनीतिक हस्तक्षेप गर्दैनौँ । 

 'सिधाकुरा द सेक्रेट अफ गोल्ड माफिया' सिरिज पढ्नुहोस् 

  1. सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
  2. सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
  3. Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?
  4. सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए
  5. सीआईबीको हिरासतमा हुनुपर्ने ‘झलकराम अधिकारी’ किन तानिए मन्त्रालय ?
  6. गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको...
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज...
राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।
प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरु निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोशिशमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन...

भर्खरै