
काठमाडौँ । नेपाल पत्रकार महासंघले संघीय संसद् सचिवालयले गरेको २ पत्रकारको पास निलम्बन फिर्ता गर्न माग गरेको छ । प्रश्न सोधेकै आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा ध्यानाकर्षण भएको महासंघले जनाएकाे छ ।
त्यस्तै महासंघले पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिलको रहेको तर सो निकायको ख्याल नै नगरी पत्रकारको पास निलम्बन गरिएको र सो निलम्बन फिर्ता गर्न महासंघले माग गरेको छ । ‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।’, महासंघले भनेको छ ।
महासंघ पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण समेत गराएको छ ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्ने दुई पत्रकारको संसद पास निलम्बन