विराटनगर । मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि ४ प्रहरी सहित २५ जना भन्दा बढी घाइते भएका छन् ।
राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा लक्ष्मी पूजाका लागि बालिएको दियोबाट आगलागी भएको हो ।
घाइतेहरु मध्ये ९ जनाको विराटनगर र १० जनाको बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।
सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।