
काभ्रे । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलस्थित बतासेमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् ।
२४ जना सवार बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ः२० बजेको समयमा अनियन्त्रित भई सडकको कुनामा पल्टिएको छ ।
घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट छ ।
घाइतेहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।