
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुइृ समूहबीच झडप भएको छ । झडपमा परी प्रहरी र स्थानीय गरी करिब २० जना घाइते भएका छन् ।
दुई समुदायका युवायुवतिले भागेर विवाह गरेपछि दुई समुदाय विभाजित बनेको र अहिले झडपको स्थिती बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झडपले उग्र रुप लिएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।
तर स्थिती नियन्त्रणनमा लिन गएका प्रहरीमाथि नै आक्रमण हुँदा १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रशासन कार्यालयका अनुसार ५ जना स्थानीय घाइते भएका छन् ।
उनीहरुले प्रहरीको प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी समेत जलाईदिएका छन् । अहिले भने स्थिती नियन्त्रणमा आएको छ ।