
काठमाडौं ।ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तत शर्माले जानकारी दिए ।
१६ बेसिकका इन्सप्क्टर जोशी २३ नं.गण तनहुँमा कार्यरत छन् । जोशी र सन्तोषी प्रेमी प्रेमिका रहेको परिवारको दाबी छ ।