काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले घुस नदिएको भन्दै कारबाही गरेका दुग्ध विकास संस्थानका महाप्रबन्धक संजीव झाका पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मन्त्रालयको निर्णयका विरुद्ध झा सर्वोच्च पुगेका थिए ।
मन्त्रालयले पुस २२ गते आकस्मिक रुपमा संस्थानका महाप्रबन्धक संजीव झालाई कार्यअवधि सकिन २ महिना बाँकी रहँदै जिम्मेवारी मुक्त गरेको थियो । सर्वोच्चले झाको कारबाही कार्यन्वयन नगर्न नगराउन आदेश दिएको हो ।
आदेशसँगै झा दुग्ध विकास संस्थानको काममा फर्किएका छन् । मन्त्रालयलले मन्त्रालयले डीडीसीको नेतृत्वबाट झालाई हटाइएर निमित्त महाप्रबन्धकमा राजेन्द्र अधिकारीलाई जिम्मेवारी दिएको थियो ।
EXCLUSIVE : बैंक खातामा घुस डिपोजिट नगरेको भन्दै डीडीसीका महाप्रबन्धकलाई कृषि मन्त्रालयको कारबाही
तर, यो सबै प्रकरणको पछाडि कृषिमन्त्रीको सचिवालय, संस्थानका अध्यक्ष र संस्थानका उच्च अधिकारी बीचको घुस लेनदेनको विवाद मुख्य कारण भएको सिधाकुराले खुलासा गरेको थियो ।
सिधाकुरालाई प्राप्त विवरण अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुषालको सचिवालयका लागि भन्दै डीडीसीका महाप्रबन्धक झासँग संस्थानका अध्यक्ष वेदबहादुर क्षेत्रीले पटक–पटक नगद घुस माग गरिरहेका थिए । घुस रकम बैंक खातामा डिपोजिट गरिदिन भन्दै क्षेत्रीले पटक–पटक बैंक खाता पठाएर ताकेता गरेका थिए ।