EXCLUSIVE : बैंक खातामा घुस डिपोजिट नगरेको भन्दै डीडीसीका महाप्रबन्धकलाई कृषि मन्त्रालयको कारबाही

विष्णु ढुंगाना

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले घुस नदिएको भन्दै आफ्नै मातहतको दुग्ध विकास संस्थानका महाप्रबन्धकलाई कारबाही गरेको छ । मन्त्रालयले पुस २२ गते आकस्मिक रुपमा संस्थानका महाप्रबन्धक संजीव झालाई कार्यअवधि सकिन २ महिना बाँकी रहँदै जिम्मेवारी मुक्त गरेको थियो । मन्त्रालयले डीडीसीको नेतृत्वबाट झालाई हटाइएर निमित्त महाप्रबन्धकमा राजेन्द्र अधिकारीलाई जिम्मेवारी दिएको छ । तर, यो सबै प्रकरणको पछाडी कृषिमन्त्रीको सचिवालय, संस्थानका अध्यक्ष र संस्थानका उच्च अधिकारी बीचको घुस लेनदेनको विवाद मुख्य कारण भएको खुलेको हो ।  

सिधाकुरालाई प्राप्त विवरण अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुषालको सचिवालयका लागि भन्दै डीडीसीका महाप्रबन्धक झासँग संस्थानका अध्यक्ष वेदबहादुर क्षेत्रीले पटक–पटक नगद घुस माग गरिरहेका थिए । घुस रकम बैंक खातामा डिपोजिट गरिदिन भन्दै क्षेत्रीले पटक–पटक बैंक खाता पठाएर ताकेता पनि गरेका थिए । 

तर, डीडीसीले रकम दिएको थिएन । चालु आर्थिक वर्ष सुरु हुने बित्तिकै बिभिन्न व्यक्तिका बैंक खातामा रकम जम्मा गरिदिन अध्यक्ष क्षेत्रीले संस्थानका महाप्रबन्धकसहितका व्यवस्थापनलाई दबाब दिइरहेका थिए । सिधाकुरालाई प्राप्त विवरणअनुसार क्षेत्रीले एक पटकमा ३ देखि ६ लाख रुपैयाँसम्म नगद जम्मा गर्न भन्थे । तर, डीडीसी व्यवस्थापनले सो कुरा मानिरहेको थिएन । 

अध्यक्ष क्षेत्रीले सो घुस रकम आफ्नो लागि नभई मन्त्रालयको उच्च तहका लागि भएको पटक–पटक बताएका थिए । ‘मन्त्रालयका लागि लिइने घुस रकमको परिचालन मन्त्रीका स्वकीय सचिव सुशिल भट्टराईमार्फत व्यवस्थापन गरिने दाबी क्षेत्रीको थियो ।’ डीडीसी लेखा स्रोतले भन्यो । डीडीसीका अध्यक्ष क्षेत्रीले पैसा माग्दै आचार्य थरका व्यक्तिको बैंक खाता विवरण पठाएका थिए । 


यस्तै अध्यक्ष क्षेत्रीले दुधको कैफियतपूर्ण कारोबार गर्ने व्यापारीहरुलाई डीडीसीको कारोबारको प्रणालीमा सहभागी गराउन तिब्र दबाब दिएका थिए । न्युन गुणस्तरको दुध बिक्री गर्ने जोरपाटी दुग्ध उत्पादक सहकारीको दुग्ध पदार्थ जसरी पनि खरिद गर्न उनको लबिङ थियो । 

मन्त्रीको सचिवालयमार्फत उच्च तहका लागि भन्दै डीडीसीको अध्यक्षले पैसा माग गर्नु र सो नदिइएको बारेमा विवाद चलिरहेका बेला कृषि मन्त्रालयले आकस्मिक रुपमा डीडीसीको महाप्रबन्धकलाई जिम्मेवारी मुक्त गरेको छ । ‘मन्त्रीको स्वकियको नाममा बैंक खातामा पैसा जम्मा गर्न लगाइनु, अनुकुलका मानिसहरुलाई दुधको कारोबारमा सहभागी गराउन खोज्नु र यही समयमा महाप्रबन्धकलाई जिम्मेवारीबाट हटाइनु संयोग मात्रै देखिदैन,’ डीडीसी स्रोत भन्छ, ‘भनेजति घुस नपाएपछि महाप्रबन्धकको सरुवा गरियो । जुन प्रक्रियागत हिसाबले पनि आफैँमा शंकास्पद देखिन्छ ।’

पुस २२ गते मन्त्रालयको प्रशासन महाशाखाले एक पत्राचार गर्दै डीडीसीका महाप्रबन्धक संजीव झालाई २५ गतेबाट मन्त्रालयमा हाजिर हुन भनिएको थियो । महाशाखा प्रमुख मदन भुजेलले लेखेको पत्रमा ‘दुग्धजन्य पदार्थ सम्बन्धी नीति तर्जुमा गर्न तथा हाल यस सम्बन्धमा देखिएको समस्या समाधान गर्न मन्त्रालयलाई सहयोग गर्न २५ पुषदेखि मन्त्रालयमा हाजिर हुन’ भनिएको छ ।


झालाई मन्त्रालय झिकाइएको पत्रमा उनलाई कारबाहीको कुरा भने केही उल्लेख छैन् । अझै डीडीसीको महाप्रबन्धककै सेवा सुबिधामा रहने गरी मन्त्रालयलाई ३ महिना सहयोग गर्न मात्रै भनिएको छ । जबकी झालाई जिम्मेवारीबाट हटाइएको बारेमा कृषिमन्त्री भुषालको सचिवालयले करिब साढे १७ करोड रुपैयाँ अपचलन गरेको आरोप लगाएको थियो । झाको महाप्रबन्धकको कार्यकाल यही चैतमा सकिदै थियो । 

पछिल्लो समय दुग्ध विकास संस्थान (डीडीसी) किसानको दुधको पैसा समयमै भुक्तानी गर्न नसकेको भन्दै आलोचित छ । देशभरका किसानको झण्डै साढे २ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेपछि संस्थानका महाप्रबन्धकको क्षमतामाथि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यो सबै समस्या समाधान गर्न भन्दै संस्थानको २२ मंसिरको बैठकले संस्थागत सुधारका निर्णयहरु गरेको थियो । पुरानो गाडी बिक्री गर्ने, कर्मचारीको सेवा सुविधा कटौती गर्ने र किसानको भुक्तानी सुनिश्चित गर्ने जस्ता निर्णय संस्थान बोर्डको १४ सय ५१ औं बैठकमा स्वयम् कृषि मन्त्री भुषाल बसेर गरेका थिए ।

तर,त्यसको एक महिनामै मन्त्रालयले झालाई दुधको समस्या समाधानका लागि मन्त्रालयलाई सघाउन भन्दै जिम्मेवारी मुक्त गरेको छ । मन्त्रालयको सो निर्णयमा अर्को पनि त्रुटी छ त्यो हो झालाई यथास्थानकै पद, सेवा सुबिधा र जिम्मेवारीमा राखेर डीडीसीको कामु जिम्मेवारी अर्कैलाई तोकिनु । झालाई कारबाही वा बर्खास्तको निर्णय नगरी संस्थानबाट मन्त्रालयमा तानिनु र झाको ठाउँमा संस्थानका कामु उपमहाप्रबन्धक राजेन्द्र अधिकारीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकिएको छ । 

तर, संस्थानका अधिकारीहरु डीडीसीका महाप्रबन्धक झामाथिको कारबाही मन्त्रालयबाट माग गरिएको घुस र सो घुसका लागि संस्थानका अध्यक्षले गरेको पहलमा केन्द्रित रहेको आरोप लगाउँछन् । संस्थान व्यवस्थापन र संस्थानका अध्यक्ष बीचको लेनदेनको विषयमा सिधाकुराको प्रश्नमा मन्त्रालय तानिएका महाप्रबन्धक झाले भने कुनै प्रतिक्रिया दिन मानेनन् । ‘म अहिले बोल्ने जिम्मेवारीमा छैन । मैले केही जवाफ दिन सक्दिन,’ झाले फोन काटे ।  

कृषि मन्त्रालयले कारबाही गरेका डीडीसीका महाप्रबन्धक संजीव झा

कृषि मन्त्रालयले भने डीडीसीको महाप्रबन्धकको कारबाहीको बिषयमा औपचारिक रुपमा जानकारी नभएको जनाएको छ । मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सबनम सिवाकोटीले आफूले महाप्रबन्धक झालाई मन्त्रालयमा हाजिर गराइएको सुनेको  मात्रै बताइन् । ‘मैले पनि सुनेको हुँ, तर बिस्तृत विवरण जानकारीमा छैन, बुझ्नुपर्छ,’ प्रवक्ता सिवाकोटीले भनिन् । बिस्तृत विषय मन्त्रालयको प्रशासन महाशाखासँग हुने उनको भनाई छ । 

संस्थानका लेखा र उच्च तहका कार्मचारीलाई बैंक खाता पठाएर नगद डिपोजिट गर्न लगाएको आरोप डीडीसीका अध्यक्ष डा.बेदबहादुर क्षेत्रीले भने इन्कार गरे । आफू पार्टीले विश्वास गरेर नियुक्त गरेपछि संस्थानको सुधारका लागि मात्रै अध्यक्षको जिम्मेवारीमा आएको भन्दै क्षेत्रीले कसैसँग पैसा माग नगरिएको दाबी गरे । तपाईंले आचार्य थरका एक व्यक्तिको ग्लोबल आइएमई बैंकको खाता नम्बर पठाएर पैसा पठाउन डीडीसीको उच्च तहलाई भनेको हो भन्ने सिधाकुराको प्रश्नमा उनले त्यो झुट भएको बताए । ‘मैले कसैसँग पैसा माग गरेको छैन, मैले कसैको खाता नम्बर पनि पठाएको छैन्’ अध्यक्ष क्षेत्रीले दाबी गरे, ‘मैले खाता पठाएको व्यक्ति र मेरो सम्बन्ध हेरिदिनुस् ।’ 

डीडीसीका अध्यक्ष डा.बेदबहादुर क्षेत्री

यता क्षेत्रीले पैसा माग गर्दा बारम्बार नाम लिएका कृषिमन्त्री भुषालका प्रमुख स्वकिय सचिव सुशिल भट्टराईले भने रकम लेनदेनका विषय गलत भएको र यसमा आफूहरुको कुनै संलग्नता नभएको दाबी गरे । 

सुशासन, भ्रष्टाचार अन्त्य र मन्त्रालयको राम्राको लागि मन्त्रीज्यूलाई सघाउन आफूहरु बसेको दाबी गर्दै स्वकिय सचिव भट्टराईले आफ्नो नाम लिएर पैसा माग गरिएको कुराले आश्चार्यमा परेको बताए । ‘हामीहरुले कुनै पनि लेनदेन गरेका छैनौँ, गरिने पनि छैन्’ भट्टराईले भने, ‘हाम्रो नाम लिएर कसैले यस्तो गरेको भए त्यसको दोषी उनै मानिसहरु हुन् ।’

डीडीसी व्यवस्थापन र अध्यक्ष बीचमा लेनदेनको विवाद भइरहेको बेला पैसा माग्ने पक्षको माग सम्बोधन हुनेगरी महाप्रबन्धकलाई किन मन्त्रालय तानिएको ? भन्ने प्रश्नमा उनले झालाई कारबाही गरिएको नभई विज्ञ सल्लाहकारको रुपमा भित्र्याइएको दाबी गरे । मन्त्रालय तानिएका झा र अध्यक्षबीच विवाद रहेको र नयाँ जिम्मेवारी तोकिएको निमित्त महाप्रबन्धक पनि विवादस्पद रहेको कुरा सञ्चार माध्यमबाट थाहा पाएको उनले बताए । 


कृषिमन्त्री भुषालका स्वकिय सचिव सुशिल भट्टराई

‘डीडीसीमा धेरै बदमासी छ, त्यो सुधार गर्ने मात्रै मन्त्रीज्यूको चाहना हो,’ भट्टराईले सिधाकुरासँग भने, ‘तर, त्यहाँ भित्रकै कर्मचारीहरुले कुरा लुकाएर, झुट बोलेर हामीलाई नै घुमाइहेका छन् ।’ 

सरकारी स्वमित्वको दुग्ध विकास संस्थानका अध्यक्षले घुस रकम माग गरेको विषय आफ्नो क्षेत्राधिकार भित्र पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले यसरी घुसको माग वा लेनदेन हुनु आयोगको क्षेत्राधिकार भएको र उजुरी पर्ने बित्तिक्कै अनुसन्धान थालिने बताए । ‘सरकारी संस्थानमा हुने अनियमितता हाम्रो क्षेत्राधिकारमा पर्छ,’प्रवक्ता घिमिरेले भने,‘एउटा उजुरी पर्ने बित्तिक्कै यस विषयमा विस्तृत अनुसन्धान अघि बढ्छ ।’ 


प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||