
काठमाडाैँ । प्रतिनिधिसभा बैठकबाट आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत भएको छ ।
मंगलबार बसेको बैठकमा उक्त विधेयकमाथि सामान्य छलफल भएसँगै विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यसअघि छलफलका क्रममा सांसदले विधेयकको औचित्यमाथि प्रश्न गरेका थिए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रेस काउन्सील विधेयकले सञ्चार जगतको विद्यमान अवस्थालाई समेट्न नसकेकाले आमसञ्चार परिषद् विधेयक ल्याइएको बताए । उनले पुरानो विधेयकमा छापा मिडियालाई मात्रै केन्द्रीत गरिएकोमा अव विधुतिय सञ्चारमाध्यमलाई समेत व्यवस्थीत गर्न नयाँ कानून ल्याउन खोजिएको उल्लेख गरे । विधेयकमा सञ्चारमाध्यमको स्वनियमको व्यवस्था गरिएको उनले बताए ।
आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत भएसँगै सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभाको अर्को बैठक फागुन २१ गते बुधवार बोलाइएको छ ।