
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बबरमहलबाट बाइक हाँक्न सुरु गरे । सयौँ मोटरसाइकलहरुसहित लिङ्देन लगायतको र्याली नारायणहिटी दरबार परिसर अगाडि आइपुग्यो ।
राष्ट्रिय झण्डा बोकेका उनीहरुले ‘राजा आउ देश बचाउ, एउटा राजा हटाए, सयौँ छोटे राजा आए, देशलाई कङ्गाल बनाए’ भन्दै नारा लगाए । दरबारमार्गको महेन्द्र शालिक अगाडि उभिएर राप्रपाका शिर्ष नेताहरुले राजतन्त्र पुर्नस्थापना गरेरै छाड्ने उद्घोष गरे ।
दरबारमार्गमा राजावादीहरु जसरी राजा ल्याउने उत्सव मनाइरहेका थिए, सरकार भने बन्दुकको नालसहित नाराणहिटी घेरेर बसेको थियो । दरबारमार्ग परिसरमा राजा ल्याउने प्रदर्शनलाई लक्षित गर्दै ठूलो संख्यामा जनपथ र शसस्त्र प्रहरीहरु परिचालन गरिएको थियो ।
यसअघि पोखरा र बुटवलमा भव्य जनप्रदर्शन गरेका राजावादीहरुले आज भने काठमाडौँ मुटुमै त्यो पनि राजाले छोडेको दरबारअघि नै आफ्नो शक्ति देखाए । राजाले प्रजातन्त्र दिवसका दिन आफू सक्रिय हुने सन्देश जारी गर्नु र राजावादीले नारायणहिटीमै विशाल प्रदर्शन गर्नुलाई राजनीतिक जानकारहरु सामान्य राजनीतिक घटनामात्रै मान्न तयार छैनन् ।
त्यस्तै राजावादीको प्रदर्शनमा उत्रिएका युवादेखि वृद्धासमेत आफूहरु राजा ल्याएरै छाड्ने बताउँछन् । उनीहरु देशमा राजा नहुँदा राजा हटाएर आएका छोटे राजाहरुले देशलाई बर्बाद बनाएको बताउँछन् ।
यस्तो छ बुधबार नारायणहिटी घेर्ने उद्देश्यका साथ दरबारमार्ग आइपुगेका राजावादीहरुसँग गरिएको कुराकानीः