काठमाडौँ । एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट यूके दुई महिनाअघि मात्रै दर्ता भएको भेटिएको छ ।
रोचक त एक छ भने जम्मा १ पाउन्ड स्टर्लिङ ( नेपाली १ सय ६९ रुपैयाँ ) मा दर्ता भएको कम्पनीले आजियटाको नाममा रहेको एनसेलको ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात नेपाली ६ अर्ब ६५ करोड रुपैयाँमा खरिद गरेको छ । अहिले आजियटाले बेचेको ८० प्रतिशत शेयर ८ वर्ष अघि १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात नेपाली १ खर्ब ४३ अर्ब रुपैयाँमा टेलिसायोरासँग खरिद गरेको थियो ।
स्वीकृतिबिना नै शेयर बेच्ने घोषणा गरेको भन्दै एनसेल आजियाटालाई प्राधिकरणले काट्यो पत्र
अहिले खरिद गरेको भन्दा ९६ प्रतिशत कम मूल्यमा शेयर बेचेर नेपालमा तिर्नु पर्ने आयकर लुकाउने तथा निकट भविष्यमा सकिने लागेको एनसेलको लाइसेन्स जोगाउने योजना भएको दुरसञ्चार सम्बन्धी वकालत गरिरहेको एक वरिष्ठ अधिवक्ताले बताए । एनसेलको २० प्रतिशत शेयर भने नेपालकै सुनिभेरा क्यापिटल भेन्चरसँग छ ।
यसका सञ्चालक भावना सिंह श्रेष्ठ हुन् । अहिले आजियटाको नाममा रहेको ८० प्रतिशत शेयर खरिद गर्ने कम्पनी पनि उनै भावनाका सतीशलाल आचार्यको हो । उनी नेपाली मूलका सिंगापुरवासी हुन् ।
एनसेलबाट बाहिरियो एक्जियटा ग्रुप
आचार्यको नाममा गत सेप्टेम्बर २६ मा १ पाउन्डमा अर्थात ( नेपाली १ सय ६९ रुपैयाँ ) स्पेक्ट्रलाइट यूके नामक कम्पनी दर्ता भएको थियो । यो कम्पनी यूके लन्डनस्थित वान लिफ्ट प्लेसमा छ । यो कम्पनी औद्योगिक प्रकृतिको व्यवसायका लागि खोलिएको बेलायती कम्पनी रजिस्ट्रार कार्यालयको वेबसाइटमा उल्लेख छ । यसअघि एनसेल ८० प्रतिशत सेयर खरिदबिक्रीका कारोबार पनि विदेशमै भएको थियो । कर छलीका लागि अनुकूल मानिने देशमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ कम्पनीको स्वामित्व परिवर्तन गरी खरिदबिक्री गर्दै आइएको छ ।
यस पटक पनि सोही प्रवृत्ति दोहोरिएको छ । अहिले सतीशलालको नाममाको कम्पनीमा एनसेलको ८० प्रतिशत शेयर बेचेको भनिएपनि आजियटाले सार्वजनिक गरेको विज्ञप्ती अनुसारनै कम्पनीले ५० लाख डलर मात्रै ६ महिना भित्र तिर्नु पर्ने र बाँकी रकम ४ वर्षभित्र बुझाई सक्नुपर्ने सक्झौता गरिएको छ ।
एनसेलको मूल कम्पनी मेरो मोबाइलले २०६१ सालमा जीएसएम मोबाइल सेवाका लागि पहिलो पटक अनुमति प्राप्त गरेको थियो । एनसेलका अहिले पनि झन्डै १ करोड ६३ लाख ग्राहक रहेको कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ ।