काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताले महसुस गर्नेगरी काम गर्न देशभरका जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँगको जुम बैठकमा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
बेलुकी ५ बजेबाट सुरु भएको बैठकमा ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख सहित २४० जना अधिकारीहरू सहभागी थिए ।
'फेरिएको राजनीतिक परिस्थिति र नेतृत्वको चाहना बमोजिम जनताले महसुस गर्ने गरी काम गर्नू' गृहमन्त्री लामिछानेले भने,'९० दिन भित्र नतिजा मूल्याङ्कन हुन्छ ।'