यस्ताे छ न्यायाधीश हिमलाल बेल्बासेकोको इजलासमा रवि लामिछानेले राखेको धारणा र सवाल-जवाफ

सिधाकुरा

काठमाडाैँ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

कास्की प्रहरीले  लामिछानेलाई आज पाँचौ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेश गरेको थियो । 

बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनु पर्ने भन्दै समय माग गरेको थियो । प्रतिरक्षामा लामिछानेतर्फका अधिवक्ताहरूले लामिछानेलाई हिरासतमा राख्नु पर्ने कुनै आधार नभएको भन्दै हिरासत मुक्त गर्न माग गरेका थिए । 

रवि लामिछानेका तर्फबाट नारायण घिमिरे, डा नारायणदत्त कडेल, मेघराज पोखरेल, र हरि सुवेदीले बहश गरेका थिए । 

यस्ताे छ न्यायाधीश हिमलाल बेल्बासेकोको इजलासमा रवि लामिछानेले राखेको धारणा र सवाल-जवाफ :

रवि : यतिखेर मैले यहाँहरुलाई भन्ने भनेको, मेरो अन्तिम आशा भनेकै सम्मानित अदालत मात्रै हो । किनभने यो सुरुवातदेखि अहिलेसम्म बढी नै राजनीतिकरण भएको मुद्दा हो। म त अलि आवाज भएकै मान्छे हुँ, ठाउँ-ठाउँमा बोलिरहन्छु । तर, राज्यले सहकारी पीडितका लागि कहीँ बोलेको छैन । उहाँहरु माथि थप अन्याए भएको छ ।

श्रीमान्, हामीले त्यतिखेर नै प्रतिवेदनमार्फत कसरी सहकारीको समस्या समाधान गर्न सकिन्छ भनेर प्रतिवेदन दिएका थियौँ । मन्त्री हुँदा मैले फास्ट ट्रयाकबाट अध्यादेश ल्याएर भएपनि समस्या सम्बोधन गर्नुपर्छ भनेर मन्त्रिपरिषद्मा पत्र लेखेको थिएँ, जुन अघि यहाँ पिढयो। मन्त्रिपरिषदको त्यही बैठकबाट बाहिर निस्केर सरकारका प्रवक्ताले फस्ट ट्रयाकबाट सम्बोधन गछौँ भनेर भन्नू भएको थियो। त्यसको पहल नै मैले गरेको थिएँ। 

श्रीमान्, एउटा सञ्चारकर्मीको रुपमा मेरो कर्म जहिल्यै सार्वजनिक नै छ । म पब्लिक सर्भिलेन्समा सधैँ बसेको मान्छे हुँ । टेलिभिजन खोल्दाखेरी लुकेर खोलिएको थिएन । त्यतिखेर सार्वजनिक ऐलान गरेर यी सञ्चालकहरुसँग म काम गर्दैछु, यिनको केही उजुरी छ भने हाम्रा टेलिभिजनका पत्रकार त्यसबारे समाचार बनाउन पनि स्वतन्त्र छन् भनेकै थियौं। कसैले देखाउनुभयो भने एक मिनेटभित्र सार्वजनिक बहसमा ल्याउँछु पनि भनेकै हौं। ति गलत रहेछन् भने कि तिनीहरु हुन्नन् कि म हुन्न भनेको भिडियो अहिले पनि टेलिभिजनको रेकर्डमा छ । प्रधानमन्त्रीले उद्घाटन गरेको टेलिभिजनमा जिबी राईले म लगानीकर्ता हुँ, मैले राम्रोसँग गरेको हुँ, जिम्मेवारी लिन्छु भनेको कुरा अहिलेसम्म पनि रेकर्डमै छ। गोर्खा मिडियामा आएको भनिएको पैसा बैंकिङमार्फत भएको हो । ७ महिनामा 'वल्र्ड क्लास' टेलिभिजन बनाउने जिम्मेवारी लिएको हो र मेरो विज्ञता त्यही भएको हुनाले त्यसरी काम गर्दै गइयो। 

मलाई नै कारण बनाएर, मेरै विषयमा कुरा उठेको हुनाले मलाई नै केन्द्र बनाएर संसदीय छानबिन विशेष समिति बनाईयो। त्यसकारण प्रतिवेदनको मध्यविन्दुमा म नै थिएँ । सरकार परिवर्तन भयो, मानिसको बोली परिवर्तन भयो । त्यसखेर संसदमा प्रधानमन्त्रीजी ले बोल्दा आफ्नो मनबाट बोल्नुभएको होइन। सबै अनुसन्धान गरेका निकायलाई बोलाएर, बुझेर उहाँले त्यो कुरा बताउनुभएको थियो । अहिलेका प्रधानमन्त्रीज्यूले पनि त्यसै गरी बुझेर बोल्नु भएको थियो। प्रहरी प्रमुखले सबै निकायहरुलाई बोलाएर, सोधेरै भन्नुभएको हो ।महान्यायाधिवक्ताको कार्यालयले पनि खोजेर, बुझेरै पत्र दिएको हो। 

जिबी राईलाई पक्राउ गर्नुपर्ने कुरामा सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधिको रुपमा म आफूलाई दाबी गर्न चाहन्छु श्रीमान् । मैले मलेसियाका गृहमन्त्रीसँग दुई पटक टेलिफोन सम्पर्क गरेँ । उहाँले दिएकै उपायअनुसार जिबी राईको पासपोर्ट खारेज गर्नु यही अदालतमा निवेदन आएको हो। तर, सम्मानित अदालतबाट आदेश आउन सकेन । जिबी राईलाई पक्राउ गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदा जमिनमुनी भएपनि आकाशमा भएपनि पक्रन्छु भनेर अभिव्यक्ति दिने मानिस पनि मै हुँ, बचतकर्ताको रकम फिर्ता गराउनको लागि सबैभन्दा बढी प्रतिवेदन दिनेमा म आफैँ संलग्न भएको हो । सार्वजकि रुपमा, अहिले त यो यो विषय आउँछ भन्ने मलाई थाहा थिएन नी। 

त्यो अवधिमा श्रीमान्, अरु मानिसहरुलाई न्याय दिने कार्यक्रमको स्वरुप मेरो थियो । कयौँ मानिसहरु आउँथे त्यहाँ न्याय माग्नको लागि । त्यहाँ मैले काम गर्दा देशभरका सयौँ, हजारौँ सहकारी पीडितहरुको विषय उठाएको रेकर्ड अझै पनि छ । तर यही सहकारीका मानिसहरु कहिल्यै पनि तपाईँको टेलिभिजनमा हाम्रो पैसा आएको हो, हामी पीडित भयौँ भन्न आएनन्न्। मैले टेलिभिजन छोडेर गएको एक/डेढ वर्ष कहिल्यै मैले सुन्न मेरा विरुद्ध  कुनै कुरा सुन्न परेन। न कसैले समाचार बनायो, न कसैले प्रहरीमा भने । 

न्यायाधीशः यो अनुसन्धानको चरण हो । अहिले दोषी भनिहालेको छैन । 

रवि : हैन मैले त्यसबारे किन बताउन खोजेको भने।।।

न्यायाधीशः अनुसन्धानको चरण हो निर्दोष पनि हुन सक्नुहुन्छ नी । 

रवि : बुझेको छु । अलिकति भोकल भएको भएका कारण समस्यामा परेँ तर श्रीमान हिजो सडकमा मिटरब्याज पीडितको आवाज उठिरहँदा खेरी, सदनमा मिटरब्याज पीडितको समस्या समाधान नहुने हो भने सदन चल्न सक्दैन भनेर सबैभन्दा ठूलो आवाज उठाएको मैले हो । त्यसको समाधानतर्फ लिएर जान भुमिका खेलेको मैले हो । मैले भ्रष्टाचारमा ५ वर्षे हदम्याद हुन्छ भने हाम्रो लासमाथि टेकेर जानुपर्छ भनेर सबैभन्दा ठूलो भोकल उठाएका कारणले त्यसलाई संसदीय समितिले खारेज गरिदियो । 

अहिले पनि देशमा यत्रो राजनीतिक मुद्दाहरु छन् श्रीमान, त्यस्ता कुराहरुमा पहल हुनुपर्ने तर सदन चलेको छैन ।प्रधानमन्त्रीको घमण्डका कारण घटनाक्रम फेरिइरहेको छ, बढिरहेको छ, तर म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिनमात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । श्रीमान म भागेर कहीँ जान्नँ । 

म संसारका राम्रो जीन्दगी बाँचेर आएको मान्छे, यो देशमा केही गर्छु भनेर, अमेरिकी पासपोर्ट बुझाएर, यो देशको सेवामा लागेको मान्छे म भागेर कहाँ जाउँला र श्रीमान । म जतिबेला पनि उपस्थित हुन सक्छु ।   

मेरो कुनै नियत छैन। अनुसन्धानमा सघाउने मेरो नियत छ तर ममाथि राजनीतिक प्रतिसोध साँधिएको छ । यो हुँदाहुँदै पनि यसो गर्छौँ भनेर भनिएका भिडियोहरु सार्वजनिक छन् श्रीमान् । ठाउँठाउँमा मुद्दा लगाइदिन्छु, योपछि अर्को मुद्दा लगाइदिन्छु, ९० दिन लगाइदिन्छु भनेका भिडियोहरु सार्वजनिक छन्। 

श्रीमान, बहस सँधैभरि असाध्यै राम्रो हुन्छ तर आदेशले सधैं निराश  बनाइदिन्छ । म आज अत्यन्त आशावादी भएर श्रीमानतर्फ हेरिरहेको छु।

न्यायाधीशः बिचको अवस्था हो यो, यसमा सुरुको अवस्थामा छुट्टै हुन्छ, अनुसन्धानको अवस्थामा छुट्टै हुन्छ, म्याद थप्ने अवस्थामा अर्कै हुन्छ । यसलाई त्यहि रुपमा बुझ्नुपर्छ । अहिले दोषी भएँ भनेर निराश हुनुपर्ने अवस्था छैन, भोली निर्दोष हुन सक्नुहुन्छ । यो पक्रियालाई चाहीँ सघाउनुपर्यो । 

रवि : हस् श्रीमान, तर मलाई थुनिरहन पर्छ जस्तो लाग्दैन श्रीमान, सबैभन्दा धेरै मतदाताको मन जितेर प्रतिनिधिसभा सदस्य भएर आएको छु । म आज आशाको साथ आएको छु श्रीमान ।

न्यायाधीशः अहिले म दोषी भएँ नी भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन।

रवि : जे जे बाहिर भनिएका छन्, त्यहित्यहि पुग्दै जाँदा, ठाउँठाउँमा मुद्दा, मान्छेलाई फरार गर्दै मुद्दा लगाउँदै जाँदा खेरी अपमान भएको छ श्रीमान । यहाँ नभने कहाँ भनौँरु

न्यायाधीशः अपमान त हुँदैन नि, तथ्यमा आधारित भएर काम गछौँ । 

रवि : श्रीमान, आशा र भरोसा नै सम्मानित अदालत हो । 

न्यायाधीश : कसले पोल्यो भन्दा पनि अनुसन्धानले जे देखियो त्यहि हुन्छ । 

रवि : म सघाउनका लागि तयार छु तर अलि धेरै हैरानी भयो श्रीमान । 

न्यायाधीशः त्यो हुन सक्छ । त्यही भएर चाँडै सक्न खोजेको ।

रवि : खै श्रीमान, देशभरी मुद्दा लाउँदै जाने ।  म कसरी के भन्नु र, श्रीमान आफैँले याद गर्नुहोला । जे भइरहेको छ तपाईँले मनन गर्नुहोला श्रीमान ।

न्यायाधीशः थुनछेकको बेलामा विचार गर्न सकिन्छ, यो अनुसन्धान चाहीँ ठिक छैन, यो ठिक छ भनेर अहिले भन्ने अवस्था छैन । 

रवि : म अनुसन्धानलाई सघाउँछु, ममाथिका प्रतिशोध सँग पनि लडौँला । मलाई सम्मानित अदालतप्रति धेरै विश्वास छ। 

न्यायाधीशः थुनछेकको क्रममा छोड्ने राख्ने कुरा हुन सक्छ । तर तपाईँलाई यहाँबाट छोडेपनि अर्को ठाउँमा यहि प्रकरणमा पक्राउ पूर्जी जारी भइसकेको छ, त्यहाँबाट पक्राउ भइहाल्नुहुन्छ ।

रवि : श्रीमान अन्याय भएको छ ममाथि । त्यहि भएर तपाईँसँग डिबेट गर्न पनि डर लाग्छ । तर तपाईँमाथि पूर्ण आशावादी छु श्रीमान । 

न्यायाधीशः मैले छोडेर के गर्नु तपाईँलाई समाएर फेरी अर्को जिल्ला लगिहाल्छ । अनुमति दिएको छ अरु जिल्लाबाट पनि । मैले छोडेर कुनै औचित्य नै हुन्न । कसमेकम यहिँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केशको क्रममा ति केश पनि सकिन्छन् । 

रवि :त्यस्तो भएछ भने म जान्छु नि श्रीमान । तर मलाई बाहिर रहेर अनुसन्धानमा सहयोग गर्न दिनुहोस्। मलाई अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भनेपनि छोड्दिन।

प्रतिक्रिया

  • Akabar joshi 3 months ago
    Yo padirahada aasu nai aayo. Kati kathor banna sakeko adalat. Kati dherai rajnitik pratisodh ho
  • bhojrajthapa 3 months ago
    एक लोकप्रिय नेता हो रवि दाई
  • Omnath Kandel 3 months ago
    आज यो देश रोहिरहदा एउटा असल राजनीतीज्ञ बनेर देश र जनाता को आशा माथी लात हानिएको छ एक दिन एसको हिसाब राम्रै संङ्ग पाउने छन् देश लुटेर खुले आम छाती फलाएर हिडेका कैयौ मन्त्री हरु आज सत्य आरोपीत हुदा पनी कारावाई हुदैन कठै मेरो देशको मान्छे को बुद्धी
  • laxman Pokharel 3 months ago
    प्रधानमन्त्रीको पद जोगाउन गगन को राजनीति बचाउन गरियको राजनीति प्रतिसोध हो यो न्याय को जित हुन्छ रबि जि अहिले आतिने हैन सम्मालिने बेला आयको छ
  • 🔉 You have received a message # 674. Go >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=1d61da65fe0c5f0172062be5f0db5923& 🔉 3 months ago
    d9ylhr
  • 📊 Notification: Operation 1.8216 BTC. Assure =>> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=1d61da65fe0c5f0172062be5f0db5923& 📊 3 months ago
    w3x660

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||