काठमाडौँ । प्रधानमन्त्री पुयपकमल दाहालले आफ्नो गतिको टिम नभएकाले गठबन्धन परिवर्तन गर्नुपरेको बताएका छन् । संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश विकासको लागि सरकारको टिम परिवर्तन गर्न आवश्यक रहेकोबारे धेरैपटक गठबन्धनमा भनेको तर त्यसप्रति चासो नदिइएको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ । टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुन गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’