काठमाडाैँ । ६० किलो सुन प्रकरणमा माओवादी नेताहरुसँग नजिक देखिएकी दावा पत्नी अमला रोकािविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएको छ। उनीविरुद्ध नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) ले गरेको सिफारिसका आधारमा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको हो ।
ठमेलस्थित होटेल भियनाकी संचालकसमेत रहेकी रोका ६० किलो सुन प्रकरणमा संलग्न रहेको बताउँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नु पर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाएको थियो ।
गत साउन १४ गते राजश्व अनुसन्धान विभागले अमलाका पति दावालाई नियन्त्रणमा लिएकाे थियाे । दावा पक्राउ परेको केही दिनपछि पुर्वउपराष्ट्रपति तथा माओवादी नेता नन्दबहादुर पुनसँग भेटेको भिडियो पोष्ट गरेकी अमला अहिले भने नेपाल प्रहरीको फरार सूचीमा रहेकी छिन् ।
त्यस्तै उनले दावाको समुहले हङकङ र चीनबाट ल्याउने सुन व्यवस्थापनमा दावालाई सहयोग गर्दै आएकी थिइन् । उनीहरुकै व्यवस्थापनमा रेडी ट्रेडबाट मात्रै ३०२ किलो ६२ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ ।
साथै उनी माओवादीका उपमहासचिव वर्षमान पुनकी चेली समेत हुन् । वर्षमानका भाई प्रनेश पुन र दावा पत्नी अमला सुन उत्खनन् तथा प्रसोधन गर्ने कम्पनी भियना मल्टीप्रपोजको व्यापारिक साझेदार रहेको सिधाकुराले खुलासा गरेको थियो ।
गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थलकाे भन्सार जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’
श्रृङ्खला ५ : तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी
श्रृङ्खला ६ : EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी
श्रृङ्खला ८ : सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’