सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

युवराज कँडेल

५ भदौ, काठमाडौं । 

बिके भण्डारी नामक अकाउन्टबाट दावा छिरिङलाई एउटा पीडीएफ फाइल वीच्याट म्यासेन्जरमा सेण्ड हुन्छ ।

त्यस लगत्तै दावा छिरिङले बिके भण्डारीलाई म्यासेज लेख्छन्–‘इफ आइ सेण्ड मनी टू योर सिङ्गापुर अकाउन्ट एचएसबीसी, क्यान यू गिभ नेपाली मनी ?’  

दावा फेरि लेख्छन्, ‘ओन टाइम ओन मिलियन यूएसडी ।’

दावा फेरि तेस्रो म्यासेजमा सोध्छन् ‘टक वीथ योर पार्टनर !’ 

यस लगत्तै बिके भण्डारीले दावालाई कल गरेको सिधाकुरालाई प्राप्त वीच्याट कुराकानीको एउटा अंशमा देखिन्छ ।


बिके भण्डारीले पठाएको पीडिएफ फाइलमा के थियो खुलेको छैन । यद्यपी दावा र बिके भण्डारीबीच भएको सो कुराकानी नेपालीमा जस्ताको त्यस्तै उतार्दा भण्डारीको सिङ्गापुरको एचएसबीसी बैंकमा रहेको खातामा दावाले एक पटकमा १० लाख अमेरिकी डलर जम्मा गरिदिने र त्यसबापत भण्डारीले नेपालमा दावालाई नेपाली रकम १३ करोड बढी उपलब्ध गराउने उल्लेख छ । च्याट लगत्तै फोनमा कुराकानी भएका कारण यसको सम्पूर्ण डील फोनमा भएको देखिन्छ ।


विदेशी खातामा विदेशी रकम जम्मा गर्ने र त्यसको नेपाली भुक्तानी नेपालमा गराउने कार्य कानूनतः अवैध हो । यसलाई विदेशी विनिमय अपचलन अर्थात ‘हुण्डी’ भनिन्छ । राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारबाट जाँच पास भइसकेको अवस्थामा १ सय ५५ किलो ब्रेकशुमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो ।

सोही सुनको अनुसन्धानका क्रममा तस्करीको नाइके रहेको प्रमाण भेटिएपछि १४ साउनमा दावा छिरीङलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको ज्याठास्थित होटल भियानाका सञ्चालक उनी तिब्बती मुलका बेल्जियम नागरिक हुन् । यद्यपी उनीसँग नेपाली नागरिकता र पासपोर्ट समेत भेटिएको छ ।

दावासँग बिके भण्डारी नामको एउटा वीच्याटसँगै ‘बिध’ नाममा सेभ रहेको अर्को एक नम्बरबाट पनि ह्वाट्सएपमा निरन्तर संवाद भएको विवरणहरु सिधाकुरालाई प्राप्त भएको छ । ति संवादमा केही बहुमूल्य वस्तु खरिदका लागि रकमको बन्दोबस्त गर्न पटक–पटक दावा र बिके भण्डारी तथा ‘बिध’बीच कुराकानी भएको देखिन्छ ।

केही निकै व्यक्तिगत सम्बन्धका कुराहरु पनि च्याटमा छन् । एउटा कन्भरसेसनमा दावाले महिलाहरुलाई व्यासायिक यौन कर्ममा लगाउने गरेको समेत देखिएको छ । त्यसका लागि भण्डारीलाई प्रस्ताव गरेको पनि देखिन्छ । ‘आजका लागि तीन मुलका केटीहरु तयार छन्, कुन चाहीँ मन पर्छ ? कतिबेला आउने ?’ दावाले भण्डारीलाई प्रश्न गरेका छन् । जवाफमा भण्डारीले ‘ए हो ३० मिनेट मै आइपुग्छु’ भन्ने जवाफ दिएका छन् ।

दावाको मोबाइलकाे फरेन्सिक रिर्पोटमा भण्डारीसँगका सयौँ अन्तरङ्ग सम्वादसँगै ठूलो रकम हुण्डी कारोबारको विवरण छ । उक्त कारोबार अवैध सुन तस्करीसँग सम्बन्धित रहेको भन्दै सीआईबीले बिस्तृत अनुसन्धान अघि बढाएको छ भने भण्डारीलाई संदिग्ध सुन तस्कारको घेरामा राखेर पक्राउको तयारी गरेको छ ।

बिके’ भण्डारी उर्फ ‘भिमकान्त भण्डारी’ !

गुल्मीको मालिका गाउँपालिका ५ स्थायी घर भएका बिके भण्डारीको खास नाम भिमकान्त भण्डारी हो । उनी नेपालमा कोरोना भाइरसको परीक्षण गर्न खोलिएको कुपोण्डलमा अवस्थित चर्चित ‘बिध ल्याव’का सञ्चालक हुन् । माओवादी नेता वर्षमान पुनको निकै निकट मानिने उनी कुनै बेला माओवादी अध्यक्ष प्रचण्डसँग पनि नजिक थिए । तर, भण्डारीको बदमासीका कारण यस पटक दाहाल प्रधानमन्त्री भएपछि उनलाई बालुवाटार निषेध छ । यद्यपी उनी बुवा भन्दै प्रधानमन्त्रीसँग निकट रहेको दाबी गर्दै सरुवा, बढुवा, ठेक्का जस्ता कार्यको प्रचार गर्छन् ।

खोज पत्रकारिता केन्द्रका लागि पत्रकार रामु सापकोटाले गरेको खोजमा उनी २०७३ असोज १९ मा ग्रामिण विकास प्रशिक्षण केन्द्र झापामा नासु सरहको सरकारी नियुक्ती पाएका सरकारी कर्मचारी हुन् ।

तर, माओवादी नेता हितराज पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा भण्डारी निजी सचिवालयमा बसे । त्यसपछि अर्थ मन्त्रालयमा समेत मन्त्रीको सचिवालयमा बसेका उनी २०७४ चैत ८ देखि २०७७ असार ३० सम्म तत्कालिन उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको सचिवालयमा बसेर काम गरे । वर्षमानको सचिवालयमा बसेकै बेला २०७६ मा उनले ‘बिध ल्याव’ नामक कम्पनी खोलेका भण्डारीले वर्षमानको सचिवालयमा रहेकै बेला स्वैच्छिक अवकाश लिएको ‘हिमाल खबर’मा प्रकाशित खोज पत्रकारिता केन्द्रको रिपोर्टमा उल्लेख छ ।

राजनीतिक लाभका कारण उनले ‘बिध’बाट अवैध कोरोना जाँच सामग्री आयात र कोरोना जाँचका कारण एकलौटी करोडौँ नाफा कमाएका थिए । भण्डारीले त्यसपछि जनक शिक्षाको किताब छपाई र चीनबाट रासायनिक मल आयातको ठेक्का समेत हत्याएका थिए । तर, किताब समयमै छाप्न र मल ल्याउन नसकेका भण्डारीले माओवादीको आर्शिवादमा एक पछि अर्को लाभको ठेक्कामा कारबाहीबाट बच्न सफल भए ।

जनक शिक्षाको किताबको ठेक्का र कृषि सामग्री कम्पनीसँगको दुवै ठेक्कामा भण्डारीले अदालतको सहारा लिएर सरकारी रकमको दोहन गरेका थिए । पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा २०७९ असार ३ गते अख्तियारले तत्कालिन नासु भण्डारीले अकुत आर्जन गरेको भन्दै ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना साथै स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करीमा भिमकान्तको भूमीका

माओवादी उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन र उनकी श्रीमती तथा माओवादी नेता एवम् पूर्वसभामुख ओनसरी घर्ती र सुन तस्करीका ‘नेपाल नाइके’ दावा छिरिङबीचको घनिष्ट सम्बन्ध लुकेको छैन । माओवादी कार्यकर्ता एवम् वर्षमान पुनको गाउँले चेली (पुनकै शब्दमा) अमला रोकासँग विवाह गरेका दावालाई गाउँले ज्वाईँको रुपमा चिनेको वर्षमान पुनले फेसबुकबाटै स्पष्टीकरण दिएका थिए ।


तर, उनै पुनको सचिवालयमा २ वर्ष बढी काम गरेका, त्यहीँ काम गर्दा गर्दै बिध ल्याव खोलेका, त्यस लगत्तै स्रोत नखुलेकाे अरबौँ सम्पत्तिका मालिक बनेका भण्डारी र दावाको कारोबार विवरणले सुन तस्कारीको अनुसन्धानमा नयाँ मोड पहिल्याएको प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार भन्सार मेसिनमा एक्सरे नहुने स्वास्थ्य सामाग्रीमा समेत सुन तस्करी भएको संकेतहरु कुराकानीमा भेटिएको छ ।

‘माओवादी नेता पुनले दावासँगको सम्बन्धबारे दिएको स्पष्टीकरणलाई खण्डन गर्ने गरी कारोबार विवरण देखिएकाले अनुसन्धान पेचिलो बनेको छ,’ अनुसन्धान अधिकारीहरु भन्छन्, ‘संवेदनशिल स्वास्थ्य सामाग्रीमा समेत सुन तस्करी भएको हुनसक्ने देखिएको छ ।’

दावाले पनि आफ्नो प्रारम्भिक बयानमा भण्डारी संलग्न बिध ल्याव र एमाले उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलसँग व्यवसायिक सम्बन्ध रहेको बताएका थिए । भण्डारीसँग प्रत्यक्ष जोडिएका दावा स्वराजसँग भने रामेछापका किशोर बस्नेतसँग जोडिएको बयानमा उल्लेख छ ।

के भन्छन भण्डारी ?  


भिमकान्त भण्डारीले सुरुमा दावालाई आफूले नचिन्ने दावी गर्दै किन चिन्ने भन्दै प्रतिप्रश्न गरे । तर पछि भने तीन वर्षअघि चिनेको बताए । ‘तीन वर्षअघि दावाले ल्यावका लागि स्वास्थ्य सामग्री खरिदको प्रस्ताव ल्याएर आएको थियो, त्यो बेला सामान लिइएन् त्यस्तै भयो, भण्डारीले भने ।’ भण्डारीले दावासँग कुनै पनि माध्यमबाट सम्पर्क नभएको दाबी गर्दै, आफ्नो वीच्याट कसैले दुरुपयोग गरेर संवाद गरेको भए आफूलाई थाहा नभएको तर्क गरे । 

संवादको अंश यस्तो छ । 

प्रश्नः सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई चिन्नु हुन्छ ?

भण्डारीः चिन्दिन, किन चिन्ने ?

प्रश्नः चिन्नु हुन्न ? 

भण्डारीः हो । 

प्रश्नः अनुसन्धान गर्नेहरुका अनुसार त सुन प्रकरणमा तपाईं र दावा छिरिङको कनेक्सन देखियो नि ? 

भण्डारीः कसरी देखियो कनेक्सन ल....... भन्नु त ?

प्रश्नः तपाईं र दावाको वीच्याटमा म्यासेज आदान प्रदान भएको स्क्रिनसट भेटियो, त्यो के हो ?

भण्डारीः  कसरी वीच्याटमा कनेक्नसन हुन्छ, वीच्याटमा कनेक्सन हुन त उसँग पहिला सम्पर्क हुनु पर्ला, ऊ सँग चिनजान हुनु पर्ला ।

प्रश्नः तपाईं र दावाको सम्पर्कै छैन, चिनजानै छैन ?

भण्डारीः छैन छैन, वीच्याट–स्वीच्याटमा च्याटिङ–स्याटिङ फोन–सोन  केहि छैन 

प्रश्नः तपाईं र दावाको चिनजान नभएको हो कि सम्पर्क मात्रै नभएको ?

भण्डारीः चिनजान त छ , तीन साढे तीन वर्षअघि ल्यावको सामान किन्न प¥यो भन्दै आएको थियो त्यही बेला भएको थियो । अस्ति सुन प्रकरणमा पक्राउ परेको फोटो देखेपछि यो मान्छे भन्ने याद भयो ।

प्रश्नः तपाईंलाई दावाले अरु कुनै माध्यमबाट उसको पैसाको कारोबार गरिदिनुप¥यो, सिंगापुरको बैंकमा हालिदिन्छु नेपालमा भुक्तानी देउ भनेको छैन ?

भण्डारीः छैन–छैन, तीन वर्षअघि ल्यावको सामान बेच्न आएको थियो, त्यो बेला वास्तै गरिएन । 

प्रश्नः तीन वर्षदेखि कुरा नै भएको छैन ?

भण्डारीः छैन–छैन, कसैले मेरो नाम लिएर दुरुपयोग गरेको भए मलाई थाहा छैन । नेपालमा व्यापार गर्ने मलाई बाहिरको कारोबारबारे थाहा छैन, विदेशमा कारोबार गर्ने भए सम्बन्ध हुन्थ्यो, मेरो सम्बन्ध नै नभएकोमा कुरा नै छैन ।

प्रश्नः तपाईंलाई राजश्व अनुसन्धान विभाग वा प्रहरीको केन्द्रीय अनुसन्धान विभागबाट केही सोधपुछ भएको छ ?

भण्डारीः छैन, मलाई यो कुरा सोध्ने तपाईँनै पहिलो हो । 

सुन तस्करीका नेपाल नाइके भनिएका दावाको कनेक्सन भिमकान्त भण्डारीसँग मात्र होइन ‘प्रहरी प्रमुख’सँग पनि थियो । सुन तस्करी नाइके किन र कसरी प्रहरी प्रमुखको सम्पर्कमा रहे ? 

सिधाकुरा इन्भेष्टिगेसनः द सेक्रेट्स अफ गोल्ड माफियाको तेस्रो श्रृङ्खलाको प्रतिक्षा गर्नुहोला । - सम्पादक



प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||