सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’

विष्णु ढुंगाना

२७ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो  सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जसमा हाल सिआईबीको नियन्त्रणमा रहेका दावा छिरिङ नेपाली व्यवस्थापक भएको बताइएको छ । 

सीआईबीका अनुसार यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ नेपाली र ९ विदेशी छन् । पक्राउ परेका नेपालीहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक÷कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गरी माल वस्तु व्यवस्थापन गर्ने २ जना र सुनको कारोवारमा संलग्न ११ जना छन् । 

उनीहरुलाई भन्सार ऐन, संगठित निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता ऐन, नोपल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐन अनुसार कारवाही गर्न राय पेश गरेको छ । 


सिआईबी प्रमुख किरण बज्राचार्यको अनुसार सुन तस्करीमा ७ ओटा कम्पनीमार्फत कारोबार भएको देखिएको छ । जसमा लेखनाथ कार्की डोलीको नाममा रहेको छुङ्गाक इलेक्ट्रिक सप्लायर्स काठमाडौं(बाँसवारी), राम कुमार भुजेलले संचालन गरेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा लि. (चाबहिल), कुमार बहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स पा्र.लि. (सामाखुशी), राम बहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रा.लि (बाँसवारी) बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रा.लि. र सरिता तामाङको नाममा रहेको सरिता सप्लायर्स छन् । 


हाल प्रहरीले दिलिप भुजेल रहेको रेडी टे«ड, त्यसले आयात गरेका सुन र संलग्नहरुमाथि मात्र अनुसन्धान गरको छ । हालसम्म उक्त कम्पनीबाट मात्रै ३ सय २ किलो ६२ ग्राम सुन भित्रिएको अनुसन्धानमा देखिएको छ । जसको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबर हुन्छ । नेपाली, चिनियाँ र हङकङका नागरिकहरुले संगठित तबरले सुन तस्करी गरेको खुलेको हो । 

तस्करहरुले बे्रक शु मा प्याक गरेको सुन पगाल्न टोखा र लाजिम्पाटको फ्याक्ट्री प्रयोग गरेका थिए । जहाँ उनीहरुले सुन गाल्नको लागि १० ओटा मेसिन प्रयोग गरेका थिए । यो प्रकरणमा अझै १८ जना फरार रहेको प्रहरीको भनाई छ । सँगै अनुसन्धान पनि पुरा भईसकेको छैन । संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको समयसिमा हुन्छ । ६० दिन भित्र प्रहरीले अदालतमा अभियोजन दर्ता गर्नुपर्ने हुन्छ । तर अपराधको सञ्जाल ठूलो भएको र समय कम भएकोले रेडी ट्रेड भन्दा बाहिर अनुसन्धान पुग्न नसकेको सीआईबी प्रमुख किरण ब्रजचार्यले बताईन् । यद्यपी अनुसन्धान भने जारी रहने बज्राचार्यको भनाई छ । 

यस्तो छ तस्करीको जालो, कसको संलग्नता के ?

यो प्रकरणमा मिस्टर लिन, मिस लि र अन्य ३ जनालाई सिआईबीले टप लेबलमा राखेको छ । उनीहरुले हङकङबाट सुन पठाउने गर्थे । उनीहरुले नेपालमा भन्सारबाट सुन पास गराउने, गोदामसम्म पुर्याउने, गाल्ने, बजार खोज्ने, व्यवस्थापन गर्ने लगायत बिभिन्न कामका लागि भिन्दाभिन्दै टिम बनाएका थिए । 

हङकङबाट ‘लिन’ भन्ने चिनियाँ लगायत अन्य व्यक्तिहरुले क्यारी अन ग्लोबल नामक कम्पनमिार्फत ब्रेक शु लगायत बिभिन्न एलेक्ट्रिक सामग्रीमा राखेर सुन पठाउँथे । पठाएको समानको जानकारी तब्बती मुलका भारतीय नागरिक थुप्टेन छिरिङलाई ह्वाट्सएपमार्फत पुग्ने गर्दथ्यो । 

थुप्टेन छिरिङले उक्त सूचना बिचौलिया हर्कराज राईलाई फरवार्ड गर्छन् । राईले उक्त सामान भन्सारबाट निकाल्ने कार्य गर्दथे । भन्सार जाँच पास भएर निस्कने क्रममा यहाँका कर्मचारीहरुले राईलाई सघाउने गर्थे । 


सामान जाँचपास भएर निस्केपछि हर्कराज राईले चिनियाँले भनेको ठाउँमा उक्त सामान लैजाने गर्दथे । साउन २ गते पनि उनले भन्सार कार्यालय बाहिर रहेको ट्याक्सीमा सुन आएको सामान बालाुवाटार लैजाने क्रममा राजश्व अनुसन्धानको टोलीले सुन बरामद गरेको थियो । सो दिन हर्कराज राईले राजेन्द्र राईलाई सामान लिन पठाएका थिए । 

उक्त सामान आयातका लागि उनीहरुले दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड नाम कम्पनी प्रयोग गर्थे । हर्कराज राईले कम्पनी दर्ताका लागि अन्य व्यक्तिहरुलाई प्रयोग गर्थे । 

थुप्टेन छिरिङले हङकङबाट आएको सामान नेपालमा भएका चिनियाँसम्म पु¥याउने, सटर तथा फ्याक्ट्रिको लागि ठाउँ खोज्ने र उक्त सामानको रेखदेख गर्ने जिम्मा पाएका थिए । जसका लागि हर्कराज राईले उनलाई सघाउँथे ।


एयरपोर्टबाट सामान लाजिम्पाट वा टोखाको फ्याक्ट्रिमा पुगिसकेपछि त्यसलाई सुन छुट्टयाएर गाल्ने काम हुन्थ्यो । र बिस्कुट बनाइन्थ्यो । यो प्रक्रियामा उनीहरुले तीनओटा गाडीहरु भाडामा लिएका थिए । जसका लागि उनीहरुले बीएबी ५९८९ नम्बरको डस्टर, बा १६ च ९३०० नम्बरको क्रेटा र बा १६ च १७७१ नम्बरको ब्रेजा गाडी प्रयोग गरेका थिए । यसरी  सुन ल्याउने, पगाल्ने र वितरण गर्नको लागि टोखाको गोदाममा एलेक्स भनिने याओ फुचेङको नेतृत्वमा ४ जनाको टोली थियो भने लाजिम्पाटमा ५ जनाको टोली थियो । यो दुवै टोलीलाई खटाउने तथा निर्देशन दिने टोलीमा दाओजिन वाङ, जिन पेङ योङ्जीन, फेङचेङ लिन, पेङ लिङफेङ र होङ जिङ्गचुआन छन् । 

मास्टर कोड १० को नोट

हङकङको टोलीले सुन पठाउनु अगाबै सुन बेच्ने टोली पनि फिक्स भईसकेको हुन्थ्यो । जसका लागि उनीहरुले नेपाली वा भारतीय नोटको फोटो खिचेर पठाउने गर्थे । उक्त नोटको फोटो सुन किन्ने व्यक्ति र नेपालमा भएका पगालेर बिस्कुट बनाउने टोली दुबैलाई पुगेको हुन्थ्यो ।  सुन खरिद गर्ने टोलीले पागालेको सुन लैजान सोही नोटको फोटो देखाउनुपथ्र्यो । फोटो म्याच भएन भने कारोबार हुँदैनथ्यो । म्याच भएपछि सुन डेलिभरी हुन्थ्यो । 

यो पटक उनीहरुले नेपाली १० रुपैयाँको नोट कोडका लागि प्रयोग गरेका थिए । सुन खरिद गर्ने र बेच्ने दुबैसँग सो नोटको फोटो पठाइएको हुन्थ्यो । त्यसपछि मात्र डेलिभरी र भुक्तानीको प्रक्रिया अघि बढ्थ्यो । 


भुक्तानीका लागि क्रिप्टोकरेन्सी र डिजिटल वालेटको प्रयोग

यो सुनको रकम भुक्तानीका लागि क्रिप्टोकरेन्सी तथा अली पे, गुगल पे लगायतका वालेटहरु प्रयोग भएको पाइएको छ । र उक्त पैसा सिधै हङकङमा रहेका मिस्टर लिनको टोलीलाई पु्ग्थ्यो । एलेक्स भनिने याओ फुचेङ नाम गरेका व्यक्ति पार्टनरमध्येका एक हुन् । उनले सुन रिसिभ गर्नेदेखि बजारीकरण समेत गर्ने गर्दथे । त्यो क्रममा उनले सुमन खरेल नाम गरेका व्यक्तिलाई नेपालमै सुन बेचेको देखिएको छ । सुमन खरेलले उक्त सुन बराका सुन व्यवसायी शिब कुमार सरार्फ लगायत अन्य तीन जनासम्म पुर्याएको अनुसन्धानमा देखिएको छ । सरार्फ लगायतको टोलीले सुनलाई बजारमा पुर्याउने गरेको पाइएको छ । 


सरार्फ सहित ४ जनाले गर्ने भुक्तानीको व्यवस्थापन दावा छिरिङले गर्दथे । ठमेलमा होटल सञ्चालन गरेका दावाले नेपालमा राजनीतिक कनेक्सन मिलाउनेदेखि चिनियाँलाई यहाँ बस्ने बन्दोबस्त मिलाउने, तस्करी गर्ने वातावरण मिलाउने, भुक्तानी सम्हाल्ने लगायत कार्य गर्दथे । डेलिभरी भएको कतिपय सुनको भुक्तानी दावालाई समेत भएको छ भने हङकङमा डिजिटल पेमेण्ट हुँदा दावाकै माध्यमबाट पैसा जाने गरेको खुलेको छ । दावाले नेपालमा तस्करी गर्नका लागि आवश्यक सम्पुर्ण तयारी गरेको पाइएको छ । 

तस्करीको लागि किशोर बस्नेत लगायतको टोलीले सहयोग गर्ने गरेको पनि खुलेको छ । उनीहरुको भूमिका चिनियाँलाई नेपाली नागरिकता बनाउनमा रहेको देखिएको छ ।  सुन प्रकरणमा जोडिएका ५ जना चिनियाँले नेपाली नागरिकता र राहदानी बनाएका छन् । सोनाम लामा, राम लामा, छिरिङ लामा लगायत नाममा चिनियाँले जिल्ला प्रशासन कार्यालय काभ्रे र काठमाडौंबाट समेत नागरिकता बनाएका छन् । 

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 



प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||