काठमाडाैँ : त्रिदेशीय टी–२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा युएईलाई ७ विकेटले हराउँदै नेपालले विजय हात पारेको हो ।
युएईले पुरै २० ओभरमा दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्दै जित हात पारेको हो ।
नेपालको जीतमा कप्तान रोहित पौडेलले अवीजित ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । पौडेलले ४० बलमा ५ चौकाको मद्दतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए भने उनका साझोदारी दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए