काठमाडाैँ । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सरकारले आयोगमा विशेष पद सिर्जना गरेर अर्याललाई सरुवा गरेको हो ।
अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि स्वत निलम्बनमा परेका अर्यालले राजीनामा नदिएपछि मन्त्रीपरिषद् बैठकले उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्यसचिवको जिम्मा दिएको छ ।
अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।