
काठमाडौं । आज अमेरिकाले डिपोर्ट(देशनिकाला) गरेका १० जना नेपाली लिएर अमेरीकी विमान काठमाडौ आउँदै छ । अमेरिकामा गैरकानूनीरूपमा काम गरिरहेका र अध्यागमन मामला हेर्ने अदालतबाट निष्कासनमा परेका १० जना नेपाल फर्कीइदै गरेको अमेरिकास्थित नेपाली दुतावास स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार मंगलबार अमेरिकाबाट अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाज न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उडेका छे । उक्त जहाज आज बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने छ ।
देश निकाला भएर नेपाल फर्कीनेहरुको विवरण भने गोप्य राखिएको छ ।