काठमाडौं । सूर्यविनायक रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा ११ वटा बस थपेर फेरि सुरु भएको छ । यसअघि २५ वटा बस चलाइएकोमा अब ३६ वटा द्रुत बस चल्ने छन् । द्रुत बसको समय पनि परिवर्तन भएको छ । अब बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म तीन तीन मिनेटका अन्तरमा बस छुट्ने छन् ।
यस अघि सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते द्रुतबस सेवा सुरु गरेपनि प्रभावकारी नभएपछि महिनादिनमै स्थगित भएको थियो ।
मन्त्रीको झोकमा चलेको द्रुत बस दुई दिनको रमाइलो...(भिडियाेसहित)
अन्य बसमा डेढ घण्टा लाग्ने रत्नपार्क सूर्यविनायक रुटमा द्रुत बसका लागि ४५ मिनेट लाग्ने दाबी गरिएको छ ।
भाडा भने अन्य सार्वजनिक यातायात सरहनै रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।