एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल

सिधाकुरा

काठमाडौँ । एनआईसी एशिया बैंकले बचतकर्ताको रकम दुरुपयोग गरेर सञ्चालक र तिनका परिवार र संस्थाहरूलाई पोस्ने गरेको नयाँ बैङ्किङ ठगी खुलेको छ ।

बैङ्कको फिक्स डिपोजिट स्कीम अन्तर्गतको खाता सञ्चालनमा किर्ते गरेर बैङ्कले अध्यक्षसहित दुई सञ्चालक र उनीहरूको परिवार तथा संस्थाको नाममा रहेको निक्षेपलाई अधिक ब्याज दिने गरेको र त्यस्तो ब्याज दिनकै लागि निक्षेपको समयावधि नै किर्ते गर्ने गरेको खुलेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 


राष्ट्र बैँक ऐनले यस्तो कार्यलाई वित्तिय अपराध मान्छ । अनुसन्धानका संलग्न अधिकारीहरुका अनुसार बैङ्कका अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाई, उनको परिवार र उनीहरूले सञ्चालन गर्ने कम्पनीको नाममा रहेको निक्षेपको खातामा यस्तो कैफियत गरेर बैङ्कको रकम अपचलन गरेको पाइएको हो । 

‘बैङ्कमा अध्यक्षसहित ७ जना सञ्चालक सदस्यहरू छन्,’ राष्ट्र बैँक स्रोत भन्छ, ‘ति मध्ये अध्यक्षसहित तीन सञ्चालक, उनीहरूको परिवार र उनीहरु सञ्चालक रहेको कम्पनीको खाताको रकममा त्यसरी ब्याज दिएर रकम अपचलन भएको पाइयो ।’ 

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बैङ्कका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) रोशन न्यौपानेको निर्देशनमा यस्तो अपचलन भएको हो । राष्ट्र बैङ्कले उनलाई पनि अपचलनमा जिम्मेवार ठहर्याएको छ ।  

बैङ्किङ प्रणालीमार्फत उनीहरूले अध्यक्षसहित ३ जना सञ्चालक, तीनका परिवार र उनीहरूको सञ्चालन गर्ने संस्थाको मुद्दती खाता (फिक्स डिपोजिट) मा बैँकका सामान्य ग्राहकलाई दिने भन्दा बढी ब्याज दिने गरेका थिए । 

यस्तो ब्याज अन्य भन्दा एक देखि तीन तहसम्म बढी रहेको राष्ट्र बैँकका अधिकारीहरू बताउँछन् । यस्तै, यस्तो निक्षेप छिटो पाको बनाएर उनीहरूलाई जनताको रकमबाट पोस्न एनआईसी एशिया बैँकले निक्षेपको मिति नै सच्याउने गरेको समेत केन्द्रिय बैँकले फेला पारेको छ । 

‘एनआईसी एशिया बैँक लिमिटेडका सञ्चालक, निजहरूको परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी व्याज प्रदान गरेको देखियो,’ राष्ट्र बैँकले अनुसन्धान प्रतिवेदनमा भनेको छ, ‘बैँकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको समेत देखियो ।’

राष्ट्र बैँकका प्रवक्ता रामु पौडेलले एनआईसी एशिया बैँकलाई यो प्रकरणमा कारबाही गरिएको बताए । ‘एनआईसी एशिया बैँकका अध्यक्ष र सञ्चालक र सञ्चालकको परिवार तथा संस्थाको नाममा रहेको मुद्दती निक्षेपमा बढी ब्याज दिएको र खाता खोलेको मितिमा कैफियत देखियो,’ पौडेलले भने, ‘त्यसरी बढी लगिएको ब्याज फिर्ता गराइसकिएको छ भने सिईओसहित अध्यक्ष र अन्य दुई जना सञ्चालकलाई केन्द्रिय बैँकले नसियत दिएको छ ।’

राष्ट्र बैँकका अनुसार पुरानो मिति कायम गरी खाता खोल्दा कम समयमै मुद्दती रकमलाई पाको बनाएर ब्याज दिन सकिन्छ । यो सरासर बैँकको नाफा र निक्षेपकर्ताको रकम दुरुपयोग गर्ने नियत भएको अधिकारीहरू बताउँछन् । 

बैँक सञ्चालकले आफ्नो र आफ्नो एकाघरको सदस्यका लागि आफू सञ्चालक रहेको बैंकबाट ऋण लिन समेत पाउँदैनन् । तर, आफ्नो र आफ्नो परिवार तथा उनीहरूको संस्थाको निक्षेपमा बढी ब्याज दिएर बैँकको दोहन भइरहेको यो घटनाले देखाएको छ ।

केन्द्रिय बैँकले मंगलबार एक सूचना जारी गरी सो प्रकरणमा गैरजिम्मेवार भूमिका निर्वाह गरेको भन्दै बैँकका सिइओ रोशन न्यौपानेसहित अध्यक्ष तुलसीराम अग्रवाल र सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई कारबाही गरेको छ । उनीहरूलाई राष्ट्र बैँक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिईएको जनाएको छ । राष्ट्र बैँकले उक्त बैँकले अन्य ऐन कानुन पनि नमानेको भन्दै बैँकलाई सचेत समेत गराएको छ । 

तर, एनआईसी एशिया बैँकले भने आफ्नो गल्ति नभएको तर राष्ट्र बैँकको बुझाई फरक परेको दाबी गरेको छ । बैँकका सूचना अधिकारी अर्जुनराज खनियाले मुद्दतीमा ब्याज प्रकरणमा आफूहरुले सेवाग्राहीलाई दिएको वचनका आधारमा निर्णय गरेको दाबी गरे । 

‘हामीले एउटा दरमा पुसमा ड्राफ्ट खुल्यौँ । तर, ग्राहक माघमा आए,’ सूचना अधिकारी खनिया भन्छन्,‘सो अवस्थामा ग्राहक र बैंकको आपसी सम्बन्धका आधारमा पुरानै ब्याजदर लागु गरेको हो । यसमा राष्ट्र बैँकको बुझाई फरक थियो ।’ 

उनले आफूहरुको काउन्टरमा आउने व्यक्ति बैँकका सञ्चालक वा अन्य को कसको परिवारको हो भन्ने थाहा नहुने पनि दाबी गरे । 

सञ्चालकहरुकै हकमा यस्तो नगरेको दाबी गर्दै खनियाले विवाद भएपछि मात्रै पारिवारिक ट्री हेर्दा सञ्चालक भएको बुझिएको बताए ।

प्रतिक्रिया

  • 📟 + 0.75503847 BTC.GET - https://telegra.ph/Get-BTC-right-now-01-22?hs=1143f5fb269ce882f97dfc6bb9cdc8fb& 📟 1 months ago
    b395jx

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||