काठमाडौँ । धरानको खानेपानी समस्यालाई लिएर प्रधानमन्त्री भेट्न पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रधानमन्त्रीले भेट्न मानेनन् । धरानको समस्यालाई लिएर सोमबार बिहान सिंहदरबार पुगेका उनलाई भेट्न प्रधानमन्त्रीले समय नदिएका हुन् ।
सिंहदरबार पुगेर खानेपानी मन्त्री भेटेका साम्पाङ प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीलाई भेट्न करिब १ घण्टा प्रतिक्षा गरेका साम्पाङलाई प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री व्यस्तता रहेको बताउँदै फर्काएको हो । त्यस्तै ५ बजे पछि मात्रै प्रधानमन्त्रीको समय मिल्ने बताएपछि साम्पाङ रिसाउँदै प्रधानमन्त्री कार्यालयबाट फर्किएका हुन् ।
मेयर साम्पाङ धरानमा खानेपानीको समस्या रहेको तर सरकारले धरानलाई सहयोग नगरेको बताउँदै सरकारविरुद्ध आन्दोलित थिए । उनी आइतबार धरानबाट रित्तो कुच्चिएको गाग्री खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई उपहार दिने बताउँदै काठमाडौँ आएका थिए । सोहीअनुरुप सोमबार सिंहदरबार पुगेका उनलाई प्रहरीले रोकेर गाग्री नलिई सिंहदरबार प्रवेश गराएको थियो ।
-
Tamang Norsang 3 hours agoप्रहरिको अनुशासन र तालिम अनिवार्य देखिन्न, यदि नेताको इशारामा चल्ने भएसी, त्यो गाग्री हर्क साम्पाङले चाहेबमोजिम प्र.म र खानेपानि मन्त्रिलाई दिन पर्दथ्यो ! यसलाई वौद्धिक आन्दोलनको संज्ञा दिन सकिन्थ्यो जातिवादले ग्रसित नेपालि समाज नेपालि राजनिती । स्वतन्त्र मेयर त्योभन्दा अझ राइको छोरोले राजनितिमा आएको देखि नसहेको भान हुन्छ !