सल्यान । सल्यानको वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना २ छोरीको हत्या गरेको खुलेको छ । उनले गत पुष २४ गते घरभित्रै आफ्नी ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेको खुलेको हो ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा सल्यानकै एक युवकसँग प्रेममा थिइन् । भारतमा बस्ने ती युवकसँग पूर्णिमाले आफू अविवाहित रहेको बताएकी थिइन् । प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो । आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो ।
यसअघि पूर्णिमाले कामको सिलसिलामा जिल्ला बाहिर बस्ने आफ्नो श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन् ।