मन्त्रीको झोकमा चलेको द्रुत बस दुई दिनको रमाइलो...(भिडियाेसहित)

लक्ष्मण गिरी

काठमाडाैँ : एक महिना अघि असोज ३ गते अर्थात संविधान दिवसका दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सञ्चालन गर्न पाउँदा गर्व लागेको मात्रै बताएका थिएनन्, रत्नपार्क देखि सूर्यविनायक हुँदै फेरी रत्नपार्क फर्किने पहिलो यात्रु उनै थिए । 


रातारात काठमाडौँको बाटोमा रातो रङ्ग पोतेर द्रुत लेन छुट्याएर हतार हतार द्रुत बस सेवा चलाइएको थियो । छुट्टै लेन, ट्राफिक लाइटमा पनि बस्नु नपर्ने, अन्य सवारीका कारण हुने जाममा बस्नु पनि नपर्ने भएपछि सूर्यविनायकबाट ४५ मिनेटमै रत्नपार्क आउने दाबी गरिएको थियो । तर यो दाबी स्वयम् दाबी गर्नेहरूले पनि पत्याएका थिएनन् ।

अरु त अरु द्रुत बस चालकहरूले पनि यसको निरन्तरता  माथि शंका पैदा गरेका थिए । यात्रुहरू पनि आशावादी त थिए तर द्रुत बस दिगो हुनेमा उनीहरूले शंका व्यक्त गरेका थिए । 

यसरी शंकै शंका र अन्योल नै अन्योलका बिच रातारात सञ्चालनमा आएका द्रुत बस एक दिन पनि भनेको रुटमा निर्वाध चल्न पाएनन्, एक दिन पनि ४५ मिनेटमै ठाउँमा पुग्न सकेन । बरु यही द्रुत बसका कारणले सडकमा बेला बेला भद्रगोलको अवस्था बन्यो । ट्राफिक प्रहरीले पनि सास्ती दिन छोडेनन् । बिना तयारी, बिना अध्ययन मन्त्रालयको झोकमा सञ्चालनमा ल्याइएको बस सेवा टिक्न सकेन । अहिले बन्द हुने अवस्थामा पुग्यो । 

सरकारको असहयोग र चुस्त भौतिक पूर्वाधार अभावमा द्रुत बस सेवा बन्द गर्नुपर्ने अवस्था आएको द्रुत बस सञ्चालक राजेश सैँजूको गुनासो छ । 

‘अहिलेसम्म सरकारले एक सुक्का पनि आर्थिक सहयोग दिएको छैन । आजसम्म हामीले घाटामा बस चलाइरहेका छौँ । जनमानसमा सार्वजनिक बसप्रति बनेको नकरात्मक धारणा तोड्नका लागि भएपनि हामीले बस चलाइरहेका छौँ ।’  उनले थपे, ‘त्यस्तै प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण बस चलाउन एकदमै समस्या छ । ’

द्रुत बस सञ्चालन गर्ने बेला व्यवसायीलाई उक्साए पनि त्यसपछि भने सरकार, सम्बन्धित मन्त्रालय तथा विभागले चासो नदिँदा अब द्रुत बस सञ्चालन गर्न मुस्किल हुने व्यवसायीहरू नै बताउँछन् । द्रुत बस सञ्चालनपूर्व सरकारले द्रुत बस सेवा सञ्चालन गर्ने व्यवसायीका लागि छुट्टै बस भाडा निर्धारण गर्ने, बसका लागि छुट्याइएको लेनमा अन्य सवारीलाई पूर्णरुपमा निषेध गराउने सहमति भएपनि हालसम्म ति कुनै सहमति पालना नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । उनी भन्छन्, ‘सरकारले जति गाडी देउ भन्यो, त्यति दिएका छौँ । गाडी अहिलेसम्म घाटामा चलाइरहेका छौँ । तर सरकारले केही पनि दिएको छैन, हामीले बिनास्वार्थ २५ सवारी साधन दिएका छौँ । त्यो पनि चलाउन नसक्नु सरकारको दुर्भाग्य हो ।’

यातायात व्यवसायीले सरकारले असहयोग गरेको आरोप लगाउँदै गर्दा उता भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सचिवालयले पनि मन्त्रालयका तर्फबाट तत्कालका लागि व्यवसायीलाई सहयोग गर्न नसकेको स्विकार गरेका छन् । सचिवालयका एक सदस्यका अनुसार द्रुत बस सञ्चालनमा देखा परेका समस्या समाधानका लागि अध्ययन टोली गठन गरिएको र अध्ययन टोलीको प्रतिवेदन आउनासाथ व्यवसायीको समस्या समाधान साथै थप परिस्कृतका साथ बस सेवालाई निरन्तरता दिने मन्त्री अनि मन्त्रालयको तयारी छ ।

‘द्रुत बस सेवा बन्द भएको छैन’

बन्द हुने अवस्थामा पुगेपनि अहिलेसम्म द्रुत बस सेवा बन्द भने नभएको द्रुत बस सेवाका लागि नेपाल सरकारको मागबमोजिमका गाडी उपलब्ध गराइरहेको काभ्रे पुण्यवती यातायात प्रा.लिका अध्यक्ष राजेश सैँजू बताउँछन् । 

उनी भन्छन्, ‘हामीले २५ वटा नै गाडी सञ्चालन गरिरहेका छौँ । तर चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरेर हामीले १२ वटा मात्रै गाडी सञ्चालन गरेका थियौँ । बाँकी गाडीहरू लिएर कर्मचारीहरू घर गएका थिए । अहिले पुनः सञ्चालनमा आइसकेका छन । तर कुरै नबुझी बन्द भयो भनेर कपोकल्पित समाचार बनाइयो । त्यसमा हाम्रो घोर आपत्ति छ ।’

अफिस समय (बिहान ९–११ र साँझ ४–६) मा हुने यात्रु चापलाई मध्यनजर गरेर नेपाल सरकारले अघि सारेको यस परियोजनाका लागि निजी क्षेत्रको तर्फबाट काभ्रे पुण्यवती यातायात प्रा.लि र काभ्रे बस प्रा.लिले संयुक्त रुपमा २५ बस उपलब्ध गराएका छन् । 

उक्त बस सेवालाई प्रभावकारी बनाउनका लागि सडकमा रङ लगाउने र ट्राफिक संकेत राख्ने कार्यलाई मात्रै सडक विभागले साढे दुई करोड रुपैयाँ खर्च गरेको छ । तर ति अधिकांश संरचना २ महिना नपुग्दै मेटिएका छन् । नागरिकलाई सहजता प्रदान गर्ने भन्दै सुरु गरिएको उक्त सेवाको कार्यान्वयनमा अनेक समस्या देखापर्दा नागरिकले थप सास्ती भोग्नुपरेको छ भने राज्यको सम्पत्ति पनि दूरुपयोग भएको छ । द्रुत बस दुई दिनको रमाइलो मात्रै भएको छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||