फाल्गुन २३, २०८०
माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको भएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्रीहरु सरकारमा जाने भएका छन् ।
नेकपा एमलेले सरकारमा पठाउने आफ्ना मन्त्रीहरुको सूची टुंग्याएको छ । एमाले रघुबिर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलबिच बैठक जारी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् ।
फाल्गुन २२, २०८०
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुगेका छन् ।
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।